शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महाविर पुनले आज मन्त्रालयमा तत्कालै कार्यान्वयन गर्नुपर्ने तीन कदम अघि सारेका छन्।
मन्त्री पुनका अनुसार नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीलाई कम्प्युटर शिक्षाबाट वञ्चित हुन नदिन प्रत्येक विद्यालयमा अनिवार्यरूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिनेछ।
त्यस्तै, कतिपय विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म लगाउने गरेको भन्दै उनले अब बढीमा तीन महिनाभित्र नतिजा अनिवार्यरूपमा सार्वजनिक गर्न निर्देशन दिने घोषणा गरेका छन्। समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने पनि उनले चेतावनी दिएका छन्। “राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको पाँच लाख विद्यार्थीको नतिजा तीन महिनामै निकाल्न सक्छ भने विश्वविद्यालयले पनि गर्न सक्नुपर्छ,” मन्त्री पुनले बताएका छन्।
तेस्रो निर्देशनका रूपमा उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरभित्रको ठूलो क्षेत्रफलकमा रहेका झाडी फाँडेर (ठूलो रुख नकटाई) सफा गर्ने, बगैँचा र फुटपाथ बनाएर वातावरण सुन्दर र आकर्षक बनाउनुपर्ने बताएका छन्।
यी तीन कदमबारे मन्त्री पुनले आफ्नाे सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
ताजा अपडेट
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया