Techie IT
  • मंगलबार, पुस १५, २०८२ / Tuesday, December 30, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारआफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै

आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुन सिंहदरबारमा नै सरेको छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि केशरमहलबाट सेवा दिइरहेको मन्त्रालयलाई सिंहदरबारमै सारिएको हो ।

जेन जी प्रदर्शनकारीले सिंहदरबारमा रहेको शिक्षा मन्त्रालयको भवनमा आंशिक क्षति पुर्याएका थिए । जसलाई मर्मत गरी सोही स्थानबाट सेवा सुचारु गरिएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख एवम् प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । ‘हामीले आज दिउँसो ३ बजेदेखि नै शिक्षातर्फका महाशाखा/शाखाबाट प्रवाह हुने सेवा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवनबाट सञ्चालन गरिसकेका छौँ,’ उनले भने ।

विज्ञानतर्फका महाशाखा/शाखाबाट प्रवाह हुने सेवा हालका लागि केशरमहल र सिंहदरबार दुवै स्थानबाट सञ्चालन हुने उनले जानकारी दिए । त्यस्तै, वैदेशिक अध्ययन अनुमतिपत्र शाखा (एनओसी), शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखाबाट प्रदान हुँदै आएको सेवा पूर्ववत स्थानबाटै निरन्तर सुचारु भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री पुनको बसोबास अब सिंहदरबारमै
मन्त्रालयलाई सारेसँगै मन्त्री महाविर पुनको बसोबास अब सिंहदरबारमै हुने सूचना अधिकारी मधुप्रसाद घिमिरेले जानकारी दिए । ‘हामीले मन्त्री ज्यूको लागि बसोबासको व्यवस्था मन्त्रालयमै मिलाएका छौँ,’ उनले भने, ‘अब उहाँ सिंहदरबारमै बस्नुहुन्छ ।’
५ असोजमा मन्त्रीमा नियुक्त भएसँगै पुन मन्त्रालयमै बस्दै आएका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको