Techie IT
  • शनिबार, कात्तिक ३०, २०८२ / Saturday, November 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारएजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित

एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित


काठमाडौं— एजुकेशन समाचारका सम्पादक महेश तिमल्सिना सम्मानित भएका छन । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा रिलायन्स एजुकेशन नेटवर्कले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्पादक तिमल्सिनालाई सम्मान गरेको हो ।

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय तिमल्सिनाले आजको शिक्षा साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । उनले नयाँ पत्रिका, गज्जब साप्ताहिक, कान्तिपुर साप्ताहिक, हेल्थआवाज, मेरो लाइफस्टाइलडटकम र लोकपथलगायतका सञ्चारमाध्यममा रहेर काम गरिसकेका छन । उनी आम सञ्चार तथा पत्रकारिता अध्यापनमा पनि सक्रिय छन ।

तिमल्सिनाले रिलायन्सले गरेको यो सम्मानले पत्रकारितामा खटेर काम गर्न आफूलाई थप हौसला मिलेको बताए । ‘यो सच्चा कर्मले पाएको सम्मान हो,’ उनले भने, ‘यस्तो सम्मानले पत्रकारिता क्षेत्रमा लाग्न हौसला मिलेको छ ।’



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको