Techie IT
  • शनिबार, कात्तिक १, २०८३ / Saturday, October 17, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)

एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डले बुधबार सूचना जारी गर्दै एसईईको विस्तृत समयतालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार पहिलो दिन चैत १९ गते अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। संस्कृत–वेदविद्या श्रमतर्फका विद्यार्थीका लागि सोही दिन संस्कृत रचना तथा अनिवार्य अंग्रेजीको परीक्षा लिइनेछ।

त्यसैगरी, दोस्रो दिन चैत २० गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ भने गैर–नेपाली विद्यार्थीका लागि अतिरिक्त अंग्रेजीको परीक्षा सञ्चालन गरिनेछ।

चैत २१ गते शनिबार कुनै पनि परीक्षा नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। त्यसपछि चैत २२ गते अनिवार्य गणित विषयको परीक्षा हुने तालिका रहेको छ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको