एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ।
बोर्डले बुधबार सूचना जारी गर्दै एसईईको विस्तृत समयतालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार पहिलो दिन चैत १९ गते अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। संस्कृत–वेदविद्या श्रमतर्फका विद्यार्थीका लागि सोही दिन संस्कृत रचना तथा अनिवार्य अंग्रेजीको परीक्षा लिइनेछ।
त्यसैगरी, दोस्रो दिन चैत २० गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ भने गैर–नेपाली विद्यार्थीका लागि अतिरिक्त अंग्रेजीको परीक्षा सञ्चालन गरिनेछ।
चैत २१ गते शनिबार कुनै पनि परीक्षा नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। त्यसपछि चैत २२ गते अनिवार्य गणित विषयको परीक्षा हुने तालिका रहेको छ।

ताजा अपडेट
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?








तपाईको प्रतिक्रिया