Techie IT
  • मंगलबार, असार ३०, २०८३ / Tuesday, July 14, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारदाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने

दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने


काठमाडौं । लामो समयदेखि अलपत्र अवस्थामा रहेको त्रिभुवन विश्वविद्यालय  अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पसको निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । स्रोत सुनिश्चित भएसँगै क्याम्पस निर्माणका लागि टेन्डर प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरिएको हो ।

कुल तीस करोड रुपैयाँ स्रोत सुनिश्चित भएपछि २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र प्रक्रियापछि २० करोड २७ लाख ४० हजार २ सय २१ माम २०८२ साल मंसिर ८ गते निर्माण सम्झौता गरिएको सम्बन्धित निकायले जनाएको छ । अब निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइने र २०८४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण सम्पन्न भएपछि क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ् कार्यक्रम सञ्चालन गरिने तयारी छ । अत्याधुनिक पूर्वाधारसहित सञ्चालनमा आउने यस क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाले यस परियोजनाले जिल्लामा प्राविधिक शिक्षा विस्तार , रोजगारी सिर्जना तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

दाङलाई ‘नेपाली सिलिकन भ्याली’ का रूपमा विकास गर्ने दीर्घकालीन सोचसहित अघि बढाइएको यस परियोजनाले जिल्लाको शैक्षिक तथा प्रविधिक क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको