भोलिदेखि एसईई परीक्षा, देशभर तयारी पूरा, परीक्षा सकिएको एक महिनाभित्र नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अनुसार परीक्षा बिहीबारदेखि देशभर एकसाथ सुरु हुँदैछ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार प्रदेश तथा जिल्लासँग समन्वय गरेर तयारी अन्तिम चरणमा पुर्याइएको छ। उनले ७७ वटै जिल्लाबाट परीक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था पूरा भएको जानकारी आएको बताए। प्रश्नपत्र, उत्तरपुस्तिका तथा अन्य आवश्यक सामग्री सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकिएको छ भने केन्द्राध्यक्ष पनि आफ्नो कार्यस्थलमा पुगिसकेका छन्। परीक्षा सञ्चालनका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मीसमेत परिचालन गरिएको बोर्डले जनाएको छ।
यस वर्ष एसईई सञ्चालनका लागि देशभर १ हजार ९६६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। तीमध्ये एक परीक्षा केन्द्र जापानमा पनि रहेको छ। बोर्डका अनुसार यस पटक ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य रहेका छन्। जापानस्थित एभरेस्ट स्कुलबाट २३ विद्यार्थीले परीक्षा दिने भएका छन्। पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले यस वर्ष परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको बताए। उनका अनुसार सम्भव भएका स्थानमा परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएको छ। केन्द्राध्यक्षको निगरानीमा शिक्षकहरूले नै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरिएको बोर्डको भनाइ छ।
जहाँ शिक्षकको अभाव वा सुरक्षा चुनौती देखिन्छ, त्यस्ता केन्द्रको उत्तरपुस्तिका परीक्षणका लागि शिक्षा विकास तथा समन्वय एकाइले अन्यत्र व्यवस्थापन गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए। अघिल्ला वर्षहरूमा भने गोप्य परीक्षण केन्द्रमा लगेर तथा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाएर जाँच्ने व्यवस्था गरिएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पनि परीक्षा परिणाम छिटो सार्वजनिक गर्न निर्देशन दिएका छन्।
ताजा अपडेट
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
- प्रधानाध्यापक नियुक्तिदेखि हटाउनेसम्मको अधिकार अब स्थानीय तहलाई
- एसईई ग्रेड वृद्धी परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
- भोलि मंगलबार एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
- सशस्त्र प्रहरीको स्कुलमै करोडौं हिनामिना !
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया