एसईई उत्तरपुस्तिका परीक्षणको नयाँ व्यवस्था: तीन दिनभित्र जाँचिसक्नुपर्ने, लापरवाही गरे कारबाही हुने
काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकाअनुसार अब परीक्षा सकिएकै दिनदेखि उत्तरपुस्तिका परीक्षण प्रक्रिया सुरु गरिनेछ ।
निर्देशिकाअनुसार परीक्षा समाप्त भएपछि तुरुन्तै परीक्षार्थीका उत्तरपुस्तिका सिम्बोल नम्बरको क्रम मिलाएर परीक्षक तथा सम्परीक्षकलाई बुझाइनेछ। उनीहरूले प्राप्त उत्तरपुस्तिकाको सङ्ख्या यकिन गरी निर्धारित प्रक्रिया अनुसार गोपनीयता कायम राख्दै परीक्षण गर्नुपर्नेछ।
परीक्षकले उत्तर जाँच गर्दा सबै प्रश्नका उत्तर परीक्षण गरिएको छ कि छैन, प्रत्येक उत्तरमा अङ्क दिइएको छ कि छैन, भित्र दिएको अङ्क बाहिर सही रूपमा चढाइएको छ कि छैन भन्ने कुरा ध्यानपूर्वक जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ। प्राप्ताङ्कको जोड मिलाएर अंक र अक्षर दुवैमा उल्लेख गरी प्रत्येक उत्तरपुस्तिकामा हस्ताक्षर गर्नुपर्नेछ।
निर्देशिकामा उत्तरपुस्तिका परीक्षणमा लापरवाही गर्ने परीक्षकलाई कारबाहीको व्यवस्था पनि गरिएको छ। लापरवाहीको अवस्था हेरेर पुनः परीक्षण गराउन सकिने, पारिश्रमिक कट्टा गर्न सकिने वा परीक्षकको सूचीबाट नाम हटाइने व्यवस्था गरिएको छ। गम्भीर अमर्यादित कार्य गरेमा प्रचलित कानुनअनुसार विभागीय कारबाहीसमेत हुन सक्ने उल्लेख गरिएको छ।
त्यस्तै, प्रत्येक विषयको उत्तरपुस्तिका बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरी प्राप्ताङ्क (मार्कस्रिलप) शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। विद्यार्थी सङ्ख्याको आधारमा आवश्यक परीक्षक तथा सम्परीक्षकको व्यवस्था गर्नुपर्नेछ।
कुनै विषयमा विज्ञ शिक्षकको अभाव भई परीक्षण गर्न नसकिने अवस्था आएमा परीक्षण केन्द्रका प्रमुखले शिक्षा विकास तथा समन्वय इकाइ वा स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरी व्यवस्था मिलाउनुपर्ने निर्देशिकामा उल्लेख छ।
त्यसैगरी, सम्भव भएसम्म परीक्षकलाई आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ। तर कुनै विषय एउटै विद्यालयमा मात्र पढाइ हुने अवस्थामा भने सोही विद्यालयका योग्य शिक्षकबाट परीक्षण गराउन सकिने व्यवस्था राखिएको छ।
उत्तरपुस्तिका परीक्षण सम्पन्न भएपछि प्राप्ताङ्क मार्कस्रिलपमा चढाई सिलबन्दी गरी गोप्य रूपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्नेछ। निर्देशिकाअनुसार सम्बन्धित विषयको परीक्षा सकिएको बढीमा तीन दिनभित्र मार्कस्रिलप बुझाइसक्नुपर्नेछ।
निर्देशिकामा परीक्षक र सम्परीक्षकलाई स्वीकृत दरअनुसार पारिश्रमिक उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ ।
ताजा अपडेट
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया