Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Wednesday, July 22, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारनर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट

नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

अस्पतालका अनुसार मेमोग्राफी सेवामा २५ प्रतिशत छुट, महिला स्वास्थ्य प्याकेजहरूमा १० प्रतिशत छुट तथा सबै आइभीएफ प्रक्रियामा १० प्रतिशत छुट प्रदान गरिएको छ । वैशाख ४ गतेदेखि सुरु भएको उक्त योजना एक हप्तासम्म लागू रहने जनाइएको छ ।

यसैबीच, नयाँ वर्ष २०८३ का अवसरमा अस्पतालले आफ्ना बाह्यरोगी सेवा प्याकेजहरूमा समेत १० प्रतिशत छुट सुविधा सञ्चालन गरिरहेको जनाएको छ । यस अन्तर्गत बेसिक मेडिकल प्याकेज, कम्प्रिहेन्सिभ मेडिकल चेकअप, एक्जिक्युटिभ हेल्थ प्याकेज, गोल्ड हेल्थ प्याकेज तथा महिला र पुरुषका लागि प्लाटिनम हेल्थ प्याकेज समावेश छन् । यो योजना वैशाख २ गतेदेखि सुरु भई वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

अस्पतालले सेवा लिन इच्छुक सेवाग्राहीलाई ०१–५९७००३२ र ९८०२१७००३२ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । विभिन्न विशेष अवसरमा यस्ता स्वास्थ्य सेवा छुट योजना सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको