नर्भिक इन्टरनेशनल हस्पिटल ३४औँ वर्षमा प्रवेश, हालसम्म ५० लाखले लिए सेवा
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल स्थापना भएको ३३ वर्ष पूरा गरी ३४औँ वर्षमा प्रवेश गरेको छ । अस्पतालले स्थापनाकालदेखि हालसम्म झण्डै ५० लाख बिरामीलाई सेवा दिएको जनाएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार उच्चस्तरीय स्वास्थ्य सेवा, दक्ष जनशक्ति र आधुनिक प्रविधिको संयोजनमार्फत अस्पतालले स्वदेशी तथा विदेशी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । हालसम्म सातै महादेशका ४० भन्दा बढी देशका नागरिकले यहाँ उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा अस्पतालले प्रभातफेरी तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । साथै, हाल २ सय शय्या स्वीकृतिप्राप्त अस्पतालले अत्याधुनिक नयाँ भवन निर्माण गरिरहेको र भवन सम्पन्न भएपछि क्षमता ३ सय शय्यामा पुग्ने जनाएको छ ।
अस्पतालले पछिल्लो समय मुटु, मस्तिष्क, मेरुदण्ड, कलेजो, आईभीएफ, क्यान्सर, आपतकालीन सेवा लगायत विभिन्न जटिल रोगहरूको सफल उपचार गर्दै आएको जनाएको छ । डिजिटल सेवा विस्तार गर्दै बिरामीमैत्री स्वास्थ्य सेवा प्रणालीलाई पनि प्राथमिकता दिइएको अस्पतालको भनाइ छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, तालिम, सामुदायिक अस्पतालसँग सहकार्य तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।
ताजा अपडेट
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया