Techie IT
  • शनिबार, कात्तिक ८, २०८३ / Sunday, October 25, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही

नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही

नेपाल मेडिकल काउन्सिलको चेतावनी : गैर–चिकित्सकविरुद्ध ‘जिरो टोलरेन्स’


काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक (डाक्टर) उपाधिको अनधिकृत प्रयोग गरेर सर्वसाधारणलाई झुक्याउने व्यक्ति तथा संस्थाविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले जारी गरेको अत्यन्त जरुरी सूचनामा मान्यता प्राप्त चिकित्सा शिक्षा र काउन्सिल दर्ताबिनै नामअघि ‘Dr.’ लेख्ने, बिरामी जाँच्ने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी परामर्श दिने कार्य गैरकानुनी भएको स्पष्ट पारेको हो ।

काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणालीअन्तर्गत अध्ययन पूरा गरी काउन्सिलमा दर्ता भएका व्यक्तिलाई मात्र ‘चिकित्सक’को मान्यता दिइने जनाएको छ । त्यस्तै विशेषज्ञ चिकित्सकका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तहको अध्ययन तथा तोकिएको विशेषज्ञ तालिम पूरा गरेको हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

सूचनामा पछिल्लो समय विभिन्न अस्पताल, क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमार्फत गैर–चिकित्सक व्यक्तिहरूले समेत नामअघि ‘Dr.’ लेखेर सर्वसाधारणलाई झुक्याउने, भ्रम सिर्जना गर्ने तथा उपचारसम्बन्धी गतिविधि सञ्चालन गर्ने प्रवृत्ति बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

काउन्सिलले आफूले नपाएको डिग्री, डिप्लोमा, लाइसेन्स वा उपाधि प्रयोग गर्नु कानुनविपरीत हुने स्पष्ट पार्दै यस्ता गतिविधिमाथि ‘Zero Tolerance’ नीति अपनाइने जनाएको छ ।

साथै उपचार लिनुअघि सम्बन्धित व्यक्ति नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सक हो वा होइन भन्ने विवरण अनिवार्य रूपमा जाँच गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको