रिलायन्सद्वारा आयोजित राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
काठमाडौं । चाबहिलस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले आयोजना गरेको ‘छैटौँ रिलायन्स राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिता–२०८३’ का विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको छ । देशभरका एसईई दिएका विद्यार्थीहरुको लेखन क्षमता, सिर्जनशीलता तथा बौद्धिक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ ।

कलेजका अनुसार देशभरका ३७ जिल्लाबाट प्राप्त ४ सय ८७ वटा निबन्धमध्ये काठमाडौंस्थित कान्ति भैरव माध्यमिक विद्यालयका छात्र अनुपम भण्डारी प्रथम भएका थिए । उनलाई १५ हजार रुपैयाँ नगद, मेडल, प्रमाणपत्र तथा कक्षा ११ र १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको थियो ।
त्यस्तै काठमाडौं न्यू क्यासल स्कुलकी छात्रा दिव्या लक्ष्मी शर्मा द्वितीय भएकी थिइन् । उनले १० हजार रुपैयाँ नगद, मेडल, प्रमाणपत्र तथा कक्षा ११ र १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्राप्त गरिन् ।
सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालयकी छात्रा राधिका ज्योती तृतीय भएकी थिइन् । उनलाई ६ हजार रुपैयाँ नगदसहित मेडल, प्रमाणपत्र तथा कक्षा ११ र १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको थियो ।
यस्तै विभिन्न जिल्लाका अन्य १० जना विद्यार्थीहरुलाई सान्त्वना पुरस्कारस्वरूप जनही २ हजार ५ सय रुपैयाँ नगद, मेडल, प्रमाणपत्र, भर्नामा ५० प्रतिशत छुट तथा दुई महिनाको मासिक शुल्क छुट प्रदान गरिएको कलेजले जनाएको छ ।

कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका बोर्ड अफ डाइरेक्टर राजुकुमार शिवाकोटीले विद्यार्थीहरुको प्रतिभा र लेखन शैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले विद्यार्थीभित्र रहेको क्षमता, सिर्जनशीलता र रुचिलाई पहिचान गरी थप प्रेरित गर्न आवश्यक रहेको उल्लेख गरे । ‘भाइबहिनीभित्र रहेको प्यासन खोज्नुपर्छ । उहाँहरुबाट नै भविष्यमा राम्रो कलाकार, साहित्यकार तथा स्रष्टा बन्न सक्नुहुन्छ,’ उनले भने ।

कार्यक्रमका अध्यक्ष एवं रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले सम्मानित सम्पूर्ण विद्यार्थी तथा विद्यालयहरुलाई बधाई दिँदै रिलायन्सले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलाप, संस्कारयुक्त शिक्षा, सूचना प्रविधि तथा सञ्चारमैत्री शिक्षामा विशेष जोड दिँदै आएको बताए ।
उनले रिलायन्स नेटवर्कअन्तर्गत सात वटा शैक्षिक संस्थामा ६ हजारभन्दा बढी विद्यार्थी तथा ६ सयभन्दा बढी शिक्षक–कर्मचारी आबद्ध रहेको जानकारी दिए । प्रत्येक वर्ष १५ देखि २० लाख रुपैयाँसम्म छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गर्दै उनले रिलायन्सका विद्यार्थीहरुले अन्तर्राष्ट्रियस्तरका कार्यक्रममा समेत सहभागिता जनाउँदै आएको बताए ।
रिलायन्सले लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता, रिलायन्स नमुना संयुक्त राष्ट्र संघ, विज्ञान तथा प्रविधि मेला तथा निबन्ध प्रतियोगिताजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो ।
‘लेख्ने कुरा सजिलो होइन,’ उनले भने, ‘आज निबन्ध प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरु भविष्यमा अनुसन्धानकर्ता बन्न सक्ने तथा नोबेल पुरस्कारसम्म जित्न सक्ने सम्भावना बोकेका प्रतिभा हुन् ।’
विद्यार्थीहरुलाई अध्ययन र लेखन संस्कृतितर्फ प्रेरित गर्न महिनामा कम्तीमा एउटा पुस्तक पढ्ने बानी आवश्यक रहेको उल्लेख गर्दै उनले जीवन, जगत, इतिहास तथा प्रविधिबारे निरन्तर अध्ययन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा गजेन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने तेर्से माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्रबहादुर अर्यालले रिलायन्सले विद्यार्थीहरुको लेखन क्षमतामा निखारता ल्याउन खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
कार्यक्रम रिलायन्सका इसीए तथा सीसीए इन्चार्ज गोविन्द ढकालले सञ्चालन गरेका थिए ।

ताजा अपडेट
- रिलायन्सद्वारा आयोजित राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
- शिक्षामा गोकर्णेश्वरको नयाँ मोडल : नर्सिङ, फार्मेसीदेखि इन्जिनियरिङसम्म छात्रवृत्ति
- काठमाडौं महानगरपालिकाको छात्रवृत्तिमा २६ हजार ८८८ जनाको आवेदन, आवेदन स्वीकृत गर्ने क्रम जारी
- १६ जना ४ जीपीए होल्डरसहित रिलायन्सका १०१ जना एसईई उत्तीर्ण विद्यार्थी सम्मानित
- रिलायन्स पब्लिक स्कुलद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई विदाइ तथा सम्मान
- एसईईको उत्तरपुस्तिका पुनर्योगका लागि ३३ हजारभन्दा बढी निवेदन, नतिजा आउन अझै समय लाग्ने
- जेठ १४ गते सार्वजनिक बिदा
- नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया