एसईईमा कुन जीपिए ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?
काठमाडाैं । कक्षा १० को परीक्षा दिएर बसेका विद्यार्थीको प्रतिक्षाको घडी सकिएको छ । हिजो बिहिबार राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेसँगै विद्यार्थीको प्रतिक्षाको घडी सकिएको हो ।
बोर्डले यसवर्षको नतिजा पुरानै ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरेको छ । जस अनुसार प्राप्ताङ्कका आधारमा ई ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र दिइन्छ ।
नयाँ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क नल्याउने विद्यार्थीको प्रमाणपत्रमा एनजी अर्थात् (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ । तर, बोर्डले यसपाली पनि त्यसलाई लागू गरेन । त्यसैले आज प्रकाशित भएको नतिजामा पनि कुनैपनि विद्यार्थी फेल भएनन् ।
यद्यपि, कक्षा ११ मा भर्ना पाउनका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक जस्ता अनिवार्य विषयमा डी प्लस ल्याउनैपर्ने हुन्छ । अन्य तीन विषयमा भने जुन ग्रेड ल्याउँदा पनि हुन्छ । नेपाली, अंग्रेजी र सामाजिक अध्ययनमा डी ग्रेड ल्याए पनि विज्ञान पढ्न पाउँछन् ।
कक्षा ११ मा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणित, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । यी समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए २ ल्याउनैपर्छ ।
विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् ।
सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीका लागि हो ।
समग्र नतिजामा न्यूनतम जीपीए १.६ ल्याएका तर गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञान गरी पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउनेछन् ।
सैद्धान्तिक विषयतर्फ सी वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । ग्रेड वृद्धिको परीक्षा भने आगामी साउनका अन्तिममा गर्ने बोर्डको तयारी रहेको छ ।
मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग
्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्ने बोर्डले जनाएको छ ।
बिहिबार सार्वजनिक भएकोको एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरका ४ लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी थिए ।
जसमध्ये २२ हजार ४७५ जना विद्यार्थीले ए प्लस अर्थात ३.६० देखि ४ जीपिए ल्याएका छन् । जो कुल संख्याको ४.६३ प्रतिशत हो । यसैगरी, ३.२० देखि ३.६० जीपिए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ रहेको छ । यो कुल संख्याको ११.३६ प्रतिशत हो ।
यसैगरी, २.८० देखि ३.२० जीपिए १४.९२ प्रतिशत विद्यार्थीले ल्याएका छन् । जो कुल संख्याको ७२ हजार ३६२ हो । त्यस्तै, २.४०देखि २.८० जीपिए प्राप्त गर्ने संख्या ८९ हजार ३३१, २ देखि २.४० जीपिए ल्याउने संख्या १ लाख २ हजार २९३, १.६० देखि २ जीपिए ल्याउने ८८ हजार ४४७, १.२० देखि १.६० जीपिए ३८ हजार ७७० र ०.८० देखि १.२० जीपिए ल्याउने विद्यार्थीको संख्या २ हजार २०० रहेको छ ।
ताजा अपडेट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया