काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक, चित्त नबुझे के गर्ने ?
काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययनका लागि प्रदान गरिने छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। २६ हजारभन्दा बढी आवेदन परेको यस छात्रवृत्ति कार्यक्रममा २२ हजार २० जना परीक्षार्थी सहभागी भएका थिए।
महानगरको शिक्षा विभागले आइतबार जारी गरेको सूचनाअनुसार OMR उत्तरपुस्तिका परीक्षणपछि न्यूनतम ४० अंक प्राप्त गरेका परीक्षार्थीहरूको प्रारम्भिक योग्यताक्रम सूची प्रकाशन गरिएको हो। शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरिएको परीक्षामा आवेदन दिएका २६ हजार ८८८ विद्यार्थीमध्ये २०८ जनाको आवेदन अस्वीकृत भएको थियो भने २६ हजार ६८० जना परीक्षा दिन योग्य ठहरिएका थिए।
गत जेठ १७ गते काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा ८३ वटा परीक्षा केन्द्रमार्फत २२ हजार २० परीक्षार्थी सहभागी भएका थिए। सोही परीक्षाको प्राप्ताङ्कका आधारमा प्रारम्भिक योग्यताक्रम सूची सार्वजनिक गरिएको महानगरले जनाएको छ।
परीक्षार्थीहरूले महानगरको आधिकारिक पोर्टल entrance.kathmandu.gov.np मा गई रोल नम्बर, जन्ममिति तथा पासवर्ड प्रयोग गरेर आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्नेछन्।
महानगरका अनुसार प्रकाशित सूची प्रारम्भिक नतिजा भएकाले यसमा समावेश विवरण तथा प्राप्ताङ्कबारे दाबी–विरोध गर्ने अवसर पनि उपलब्ध गराइएको छ। नतिजामा नाम, लिङ्ग वा अन्य व्यक्तिगत विवरण फरक परेमा सम्बन्धित प्रमाण कागजातसहित निवेदन दिन सकिनेछ। यस्तै, आरक्षणसम्बन्धी विवरणमा त्रुटि भए त्यसबारे पनि दाबी गर्न पाइनेछ। तर आवेदनका क्रममा उल्लेख नगरिएको नयाँ आरक्षण समूह थप गर्न भने पाइने छैन।
नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। पुनर्योग गर्न चाहने विद्यार्थीले कार्यविधिको अनुसूची–२ बमोजिमको फाराम भरी शिक्षा विभागमा निवेदन दिनुपर्नेछ। यसका लागि एक हजार रुपैयाँ राजस्व शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
महानगरले विवरण संशोधन, दाबी–विरोध तथा पुनर्योगसम्बन्धी निवेदन २०८३ जेठ २० गतेभित्र पेश गर्नुपर्ने जनाएको छ। त्यसपछि दाबी–विरोध, पुनर्योग तथा विवरण सच्याउने प्रक्रिया टुंग्याएर अन्तिम योग्यताक्रम सूची प्रकाशन गरिनेछ। अन्तिम सूची प्रकाशित भएपछि मात्र विद्यालय छनोट तथा विद्यार्थी मनोनयन प्रक्रिया अगाडि बढाइने महानगरले जनाएको छ ।
ताजा अपडेट
- काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक, चित्त नबुझे के गर्ने ?
- शिक्षामा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन
- एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रमा सहकार्य गर्ने सम्झौता
- रिलायन्सद्वारा आयोजित राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
- शिक्षामा गोकर्णेश्वरको नयाँ मोडल : नर्सिङ, फार्मेसीदेखि इन्जिनियरिङसम्म छात्रवृत्ति
- काठमाडौं महानगरपालिकाको छात्रवृत्तिमा २६ हजार ८८८ जनाको आवेदन, आवेदन स्वीकृत गर्ने क्रम जारी
- १६ जना ४ जीपीए होल्डरसहित रिलायन्सका १०१ जना एसईई उत्तीर्ण विद्यार्थी सम्मानित
- रिलायन्स पब्लिक स्कुलद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई विदाइ तथा सम्मान
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया