अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
काठमाडौँ । अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलका अनुसार मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा रकम असुलीको प्रक्रिया अघि बढाइएको हो। थप प्राध्यापकहरू पनि रकम फिर्ता गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्री पोखरेलले अध्ययन बिदा सार्वजनिक लगानीबाट प्रदान गरिने विशेष सुविधा भएकाले त्यसको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक र नैतिक क्षति पुर्याएको बताएकी छन्।
मन्त्रालयका अनुसार छानबिन तथा कानुनी प्रक्रियापछि रकम फिर्ता हुने क्रम तीव्र बनेको छ। यसले सार्वजनिक उत्तरदायित्व, संस्थागत अनुशासन र उच्च शिक्षा प्रणालीप्रतिको विश्वास सुदृढ गर्न सहयोग पुग्ने विश्वास मन्त्रालयको छ।
ताजा अपडेट
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया