इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक तह प्रवेश परीक्षाको आवेदन असार ३ गतेदेखि खुल्ने
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (IOE) ले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तह (BE/B.Arch) को प्रवेश परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ। संस्थानअन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा विद्यार्थी भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षाको आवेदन फाराम असार ३ गतेदेखि अनलाइनमार्फत खुल्ने जनाएको छ।
सूचनाअनुसार प्रवेश परीक्षा सूचना प्रविधिमा आधारित कम्प्युटर प्रणाली (Computer-Based Test) मार्फत सञ्चालन हुनेछ। इच्छुक विद्यार्थीहरूले प्रवेश परीक्षाको आवेदन फाराम प्रवेश परीक्षा वेबसाइटमा गएर भर्न सक्नेछन्। आवेदन फाराम भर्ने प्रक्रिया असार ३ गते बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ।
प्रवेश परीक्षा असार २८ गतेदेखि सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षाको विस्तृत कार्यतालिका, आवेदनको अन्तिम मिति, परीक्षा केन्द्र, सिफ्ट तथा अन्य आवश्यक जानकारी छुट्टै प्रकाशित गरिने बताइएको छ।
IOE का अनुसार प्रवेश परीक्षामा सहभागी हुन १०+२ विज्ञान, PCL विज्ञान वा इन्जिनियरिङ डिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरू योग्य हुनेछन्। प्रवेश परीक्षामा गणित, भौतिकशास्त्र, रसायनशास्त्र तथा अंग्रेजी विषय समेटिनेछ।
प्रवेश परीक्षा सम्बन्धी विस्तृत जानकारी असार २ गते प्रकाशित गरिने तथा सोही मितिदेखि आधिकारिक वेबसाइटमा समेत उपलब्ध गराइने बोर्डले जनाएको छ।
ताजा अपडेट
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
- अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
- डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया