मनपरी शुल्क असुले कारबाही गर्ने सीटीईभीटीको चेतावनी ! नर्सिङ, एचए र फार्मेसीमा पुरानै शुल्क कायम
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले स्वास्थ्यतर्फका विभिन्न कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थालाई तोकिएकोभन्दा बढी शुल्क नलिन कडा चेतावनी दिएको छ। प्रशिक्षार्थी भर्नाका क्रममा शुल्कसम्बन्धी गुनासो आएपछि परिषद्ले २०७८ सालमै निर्धारण गरिएको प्रशिक्षण शुल्क यथावत् रहेको स्पष्ट पारेको हो ।
जेठ २६ गते जारी विज्ञप्तिमा परिषद्अन्तर्गतका शिक्षण संस्थामा सञ्चालन हुने प्रि–डिप्लोमा तथा डिप्लोमा र प्रमाणपत्र तहका कार्यक्रमका लागि परिषद् कार्यालयको २०७८ भदौ ४ गतेको निर्णयबमोजिमको प्रशिक्षण शुल्क नै हालसम्म कायम रहेको उल्लेख गरिएको छ ।
परिषद्का निर्देशक दामोदर देवकोटाका अनुसार प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ कार्यक्रमका लागि तीन वर्षको कुल प्रशिक्षण शुल्क ४ लाख ७५ हजार रुपैयाँ, प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) का लागि ४ लाख ४ हजार रुपैयाँ तथा डिप्लोमा इन फार्मेसीका लागि ३ लाख ३७ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।
निर्धारित शुल्क तीन किस्तामा बुझाउन सकिने व्यवस्था रहेको परिषद्ले जनाएको छ। जसअनुसार पहिलो किस्तामा कुल शुल्कको ४० प्रतिशत तथा दोस्रो र तेस्रो किस्तामा ३०–३० प्रतिशतका दरले शुल्क बुझाउन सकिनेछ ।
त्यस्तै, परिषद्सँगको साझेदारीमा स्वास्थ्य संकायतर्फका डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेका शिक्षण संस्थाले निजी शिक्षण संस्थाका लागि तोकिएको प्रशिक्षण शुल्कभन्दा कम्तीमा ३० प्रतिशत कम शुल्क लिनुपर्ने व्यवस्था रहेको निर्देशक देवकोटाले जानकारी दिए ।
विज्ञप्तिअनुसार प्रशिक्षार्थीले होटल, क्यान्टिन, बसलगायत अतिरिक्त सुविधा प्रयोग गरेबापत थप शुल्क तिर्न सक्ने भए पनि शिक्षण संस्थाले त्यस्ता सेवा प्रयोग गर्न बाध्य बनाउन पाउने छैनन् ।
परिषद्ले निर्धारण गरेको शुल्कभन्दा बढी रकम असुलेको, अतिरिक्त सेवा प्रयोग गर्न दबाब दिएको वा प्रचलित व्यवस्थाविपरीत कार्य गरेको पाइएमा सम्बन्धित शिक्षण संस्थामाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया