चिकित्सा शिक्षाको छात्रवृत्ति व्यवस्थापनमा देखिएको अन्योल हट्यो, आयोगद्वारा नयाँ कार्यविधि स्वीकृत
काठमाडौं । चिकित्सा शिक्षा आयोगले ‘छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ। नयाँ कार्यविधि लागू भएसँगै चिकित्सा शिक्षामा छात्रवृत्ति तथा अनुदान व्यवस्थापनमा देखिएको कानुनी अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको आयोगको बैठकले कार्यविधिलाई अनुमोदन गर्ने निर्णय गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि आयोगले कार्यविधिलाई अन्तिम रूप दिएको जनाएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा गरिएको संशोधनपछि आयोगलाई छात्रवृत्तिसम्बन्धी आवश्यक कार्यविधि र निर्देशिका निर्माण गर्ने कानुनी अधिकार प्राप्त भएको हो । यसअघि पुराना निर्देशिका तथा कार्यविधिहरू निष्क्रिय बनेपछि छात्रवृत्ति र अनुदान व्यवस्थापनमा कानुनी अन्योलको अवस्था सिर्जना भएको थियो ।
नयाँ कार्यविधिले सार्वजनिक शिक्षण संस्थाहरूले उपलब्ध गराउने निःशुल्क छात्रवृत्तिका लागि अनुदान वितरणको व्यवस्था सुनिश्चित गरेको छ । साथै, स्नातकोत्तर तहअन्तर्गत डिएम र एमसिएच कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्ति प्रदान गर्ने संस्थाहरूले पनि आयोगमार्फत अनुदान प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
आयोगका अनुसार नयाँ व्यवस्थाले चिकित्सा शिक्षाका सबै तहमा छात्रवृत्ति प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यसबाट निःशुल्क छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाहरूलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने बाटोसमेत खुलेको छ ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता रहेको थियो। आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीसहित अन्य सदस्यहरूको पनि बैठकमा सहभागिता रहेको थियो ।
ताजा अपडेट
- नर्सिङ भर्नामा योग्यता क्रम मिच्ने शिक्षालयलाई सीटीईभीटीको चेतावनी
- ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका विद्यार्थीको मृत्यु, घटनाबारे अनुसन्धान जारी
- चिकित्सा शिक्षाको छात्रवृत्ति व्यवस्थापनमा देखिएको अन्योल हट्यो, आयोगद्वारा नयाँ कार्यविधि स्वीकृत
- ‘ड्रिम एण्ड डिसिप्लिन’को सन्देशसहित सम्पन्न भयो विनायक सिद्धको अभिमुखीकरण कार्यक्रम
- अपाङ्गता भएका बालबालिकाका लागि विकसित ‘आशा मोडेल’ले पायो अन्तर्राष्ट्रिय मान्यता
- एचआईभी नियन्त्रणमा प्रगति, तर लाञ्छना र विभेद अझै चुनौती
- सेन्ट लरेन्समा ३० औँ ब्याचको भव्य स्वागत, सम्पन्न भयो अभिमुखीकरण कार्यक्रम
- केबीए ग्लोबलको चितवनमा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया