Techie IT
  • शुक्रबार, असार ५, २०८३ / Saturday, June 20, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकक्षा १२ मा कस्ता विद्यार्थीले प्राप्त गरेका हुन् ३.९७ जीपीए ?

कक्षा १२ मा कस्ता विद्यार्थीले प्राप्त गरेका हुन् ३.९७ जीपीए ?


काठमाडौं । कक्षा १२ को नतिजामा केही विद्यार्थीले ३.९७ जीपीए प्राप्त गरेको विवरण सार्वजनिक भएपछि यसबारे सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा र अन्योल देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्मा ले ३.९७ जीपीए प्राप्त गर्ने विद्यार्थी प्राविधिक धारका भएको स्पष्ट पारेका छन् ।

उनका अनुसार प्राविधिक धारका विद्यार्थीले ९०० पूर्णाङ्कको परीक्षा दिने भएकाले उनीहरूको क्रेडिट आवर साधारण धारका विद्यार्थीको तुलनामा बढी हुन्छ । यही कारण उनीहरूले ३.९७ सम्मको जीपीए हासिल गर्न सकेका हुन् ।

परीक्षा नियन्त्रक शर्माले साधारण धारका विद्यार्थीले प्राप्त गरेको सर्वोत्कृष्ट नतिजा भने ३.९६ जीपीए रहेको जानकारी दिएका छन् । उनले प्राविधिक र साधारण धारका विद्यार्थीको मूल्याङ्कन प्रणालीमा रहेको क्रेडिट आवरको भिन्नताका कारण जीपीएमा फरक देखिनु स्वाभाविक रहेको बताए ।

कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै ३.९७ जीपीए कसरी सम्भव भयो भन्ने विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला बोर्डले यसबारे स्पष्टिकरण दिएको हो । बोर्डका अनुसार ३.९७ जीपीए प्राप्त गर्ने विद्यार्थी प्राविधिक धारका भएकाले यसलाई साधारण धारका विद्यार्थीसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने जनाएको छ ।

यससँगै ३.९७ जीपीए सम्बन्धी देखिएको अन्योल हटेको छ । बोर्डले साधारण धारमा भने ३.९६ जीपीए नै यस वर्षको उच्चतम नतिजा रहेको स्पष्ट पारेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको