कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन, उत्तरपुस्तिका पुनः परीक्षणको माग
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । वास्तविक नतिजा नआएको, उत्तरपुस्तिका मूल्यांकनमा त्रुटि भएको तथा हालको पुनर्मूल्यांकन प्रणाली प्रभावकारी नभएको आरोप लगाउँदै उनीहरू सडकमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए । यस वर्षको परीक्षामा सहभागी विद्यार्थीमध्ये ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भए पनि प्रदर्शनमा सहभागी धेरै विद्यार्थीले आफूहरू उत्तीर्ण हुँदाहुँदै पनि प्राप्ताङ्क भने सोचेजस्तो नआएको गुनासो गरेका छन्। मूल्यांकन प्रक्रियामा भएका त्रुटिका कारण धेरै विद्यार्थी अन्यायमा परेको उनीहरूले दाबी गरेका छन् ।
प्लेकार्डसहित नाराबाजी गर्दै माइतीघर मण्डलमा भेला भएका विद्यार्थीहरूले हालको रिटोटलिङ व्यवस्था प्राप्ताङ्क जोडघटाउ जाँच्नमा मात्र सीमित भएकाले उत्तरपुस्तिका मूल्यांकनमा भएका सम्भावित त्रुटि सच्याउन नसक्ने बताएका छन् । त्यसैले उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था लागू गर्न, मूल्यांकन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन तथा नतिजासम्बन्धी गुनासोको निष्पक्ष सुनुवाइ हुने प्रभावकारी संयन्त्र निर्माण गर्न उनीहरूले माग गरेका छन् ।
परीक्षाको नतिजाले विद्यार्थीको उच्च शिक्षा, छात्रवृत्ति तथा भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले मूल्यांकन प्रक्रियामा कुनै पनि कमजोरी स्वीकार्य नहुने प्रदर्शनकारीहरूको भनाइ छ । उनीहरूले राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीका गुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै आवश्यक सुधारका कदम तत्काल चाल्नुपर्ने बताएका छन् ।
विद्यार्थीहरूले आफ्ना माग बेवास्ता गरिए आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै निरन्तर अघि बढाउने चेतावनीसमेत दिएका छन् ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया