८ विश्वविद्यालयले पाउँदैछन् नयाँ उपकुलपति, सिफारिस समितिले टुंग्यायो अन्तिम सूची
देशका आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सम्बन्धित प्रत्येक विश्वविद्यालयका लागि तीन–तीन जना उम्मेदवारको अन्तिम सूची तयार गरेको छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार आठवटै विश्वविद्यालयका लागि तीन–तीन जनाको नाम टुंगो लागिसकेको छ । अब ती नामहरू कुलपतिसमक्ष पेश गरिने तयारी भइरहेको छ ।
उपकुलपति नियुक्तिका लागि अन्तिम सूची तयार भएका विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय रहेका छन् ।
प्रचलित कानुनी व्यवस्थाअनुसार सिफारिस समितिले पेश गरेका तीन उम्मेदवारमध्येबाट प्रत्येक विश्वविद्यालयका लागि एक जनालाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्नेछन् । मन्त्रालय स्रोतका अनुसार आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी नियुक्तिसम्बन्धी निर्णय छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ ।
उपकुलपति छनोटका लागि आवेदन दिएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणपछि समितिले प्रत्येक विश्वविद्यालयका लागि अन्तिम तीन–तीन जनाको नाम छनोट गरेको हो ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया