Techie IT
  • शुक्रबार, असार १९, २०८३ / Saturday, July 4, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारसात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति


काठमाडौं । देशका सात वटा विश्वविद्यालयले नयाँ नेतृत्व पाएका छन्। कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार सात विश्वविद्यालयका उपकुलपतिहरू नियुक्त गरेका हुन्।

नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन्।

यी सबै उपकुलपतिहरू खुला प्रतिस्पर्धामार्फत छनोट भएका हुन्। उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले योग्य उम्मेदवारहरूको नाम सिफारिस गरेको थियो।

सोही समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार औपचारिक रूपमा नियुक्ति गरेका हुन्। यससँगै लामो समयदेखि नेतृत्वविहीन रहेका विश्वविद्यालयहरूले नयाँ शैक्षिक नेतृत्व पाएका छन्।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको