सशस्त्र प्रहरीको स्कुलमै करोडौं हिनामिना !
काठमाडौं। कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक अनियमितता भएको आरोपमा विद्यालयकी लेखा प्रमुखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनामाथि विद्यालयको रकम हिनामिना गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा विद्यालयकी लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार अदालतबाट म्याद थप गरी दुवै जनामाथि थप अनुसन्धान सुरु गरिएको छ ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले विद्यालयमा आर्थिक अनियमितता भएको आशंकापछि आन्तरिक छानबिन गरेको थियो । छानबिनका क्रममा केही व्यक्तिको संलग्नता देखिएपछि कानुनी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरिएको थियो ।
अनुसन्धानको प्रारम्भिक चरणमा विद्यालयको खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखिएको र त्यसबाट करोडौं रुपैयाँ बराबरको हिनामिना भएको आशंका गरिएको छ। यही आरोपका आधारमा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार यस प्रकरणमा लेखा प्रमुख कल्पना गुरुङको भूमिका प्रमुख रहेको आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ। उनी करिब छ वर्षदेखि उक्त विद्यालयको लेखा शाखामा कार्यरत रहेकी थिइन् ।
घटनासँग सम्बन्धित विषयमा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमालमाथि पनि छानबिन भइरहेको बताइएको छ। अनुसन्धान जारी रहेकाले यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता भए नभएको विषय पनि खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
- सशस्त्र प्रहरीको स्कुलमै करोडौं हिनामिना !
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
- इन्जिनियरिङ प्रवेश परीक्षामा मनपरीको आरोप, ९ विद्यार्थी संगठनको कडा चेतावनी
- शिक्षकको तलबभत्ता अपुग भए तत्काल बजेट व्यवस्थापन गर्न स्थानीय तहलाई केन्द्रको निर्देशन
- त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा
- ट्युसन सेन्टरको छाना भत्किँदा १४ बालबालिकाको मृत्यु
- ८ विश्वविद्यालयले पाउँदैछन् नयाँ उपकुलपति, सिफारिस समितिले टुंग्यायो अन्तिम सूची
- यस्तो छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्ट
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया