Techie IT
  • बुधबार, असोज २८, २०८३ / Thursday, October 15, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया

बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया


काठमाडौं। रिलायन्स पब्लिक स्कुलका कक्षा ६ का विद्यार्थीहरूले बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मीठाराम अधिकारीसँग अन्तरक्रिया गरेका छन् । विद्यालयले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख अधिकारीले विद्यार्थीहरूलाई स्थानीय सरकारको भूमिका, नगरपालिकाले प्रदान गर्ने सेवा तथा विकास निर्माणका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थीहरूले बालअधिकार, बाल संरक्षण, स्थानीय सरकारको काम, नगर विकास, शिक्षा, वातावरण तथा समसामयिक विषयमा जिज्ञासा राखेका थिए ।

नगर प्रमुख अधिकारीले विद्यार्थीका प्रश्नहरूको सहज र जानकारीमूलक उत्तर दिँदै जिम्मेवार, सचेत र सक्रिय नागरिक बन्न अध्ययनसँगै सामाजिक विषयमा चासो राख्न आग्रह गरे ।

विद्यालयका अनुसार यस्ता अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, आलोचनात्मक सोच, स्थानीय तहको कार्यप्रणालीबारे बुझाइ तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको