अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
काठमाडौं । उच्च शिक्षाको शैक्षिक योग्यताको समकक्षता (Equivalency) निर्धारण गर्ने अधिकार अब त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मा औपचारिक रूपमा सरेको छ । यससँगै त्रिविले तीन दशकदेखि गर्दै आएको समकक्षता निर्धारणको कार्य अन्त्य हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन नलिइने भएको छ । सो मितिदेखि विदेशी तथा अन्य विश्वविद्यालयबाट प्राप्त उच्च शिक्षाको उपाधिको समकक्षता सम्बन्धी सम्पूर्ण प्रक्रिया विश्वविद्यालय अनुदान आयोगमार्फत सञ्चालन हुनेछ ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ मार्फत विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० मा संशोधन भएपछि समकक्षता निर्धारण गर्ने कानुनी जिम्मेवारी आयोगलाई हस्तान्तरण गरिएको हो। त्यसअनुसार त्रिविले अब समकक्षता सम्बन्धी नयाँ सेवा प्रदान नगर्ने जनाएको छ ।
विगत करिब तीन दशकदेखि त्रिभुवन विश्वविद्यालयले देशभित्र तथा विदेशका विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्दै आएको थियो । तर कानुनी व्यवस्था परिवर्तनसँगै अब उक्त सेवा एउटै निकायबाट सञ्चालन हुने भएकाले समकक्षता प्रणालीलाई थप व्यवस्थित, एकीकृत र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यस निर्णयसँगै अब समकक्षताको प्रमाणपत्र आवश्यक पर्ने विद्यार्थी तथा सेवाग्राहीले २०८३ साउन १ गतेदेखि विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्ने भएको छ । यो परिवर्तनले समकक्षता सम्बन्धी सम्पूर्ण प्रक्रिया यूजीसीको मातहतमा केन्द्रित हुने भएको छ ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया