पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
काठमाडौं । भक्तपुरको ताथलीस्थित इम्पेरियल कलेज अफ इन्जिनियरिङ ले नयाँ शैक्षिक सत्रदेखि अत्याधुनिक ईभी (EV) ल्याब सञ्चालनमा ल्याउने भएको छ। विद्युतीय सवारी प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित स्थापना गरिएको उक्त प्रयोगशालामा विद्यार्थीहरूले सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक अभ्यास गर्ने अवसर पाउनेछन्।
ईभी ल्याबमा विद्यार्थीहरूले मोटर, कन्ट्रोलर, ब्याट्री प्याक, ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) जडान तथा पेट्रोलियम इन्जिनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने (EV Conversion) प्रक्रिया प्रत्यक्ष रूपमा सिक्न सक्नेछन्। यसले विद्यार्थीहरूलाई आधुनिक अटोमोबाइल प्रविधिमा व्यावहारिक अनुभव दिलाउने कलेजको विश्वास छ।
कलेजका ल्याब इन्चार्ज सुरेश सिंह का अनुसार, यो प्रयोगशाला शैक्षिक अभ्यासमा मात्र सीमित रहने छैन। भविष्यमा सर्वसाधारणका पेट्रोलियम इन्जिनबाट सञ्चालित सवारी साधनलाई व्यावसायिक रूपमा विद्युतीय सवारीमा रूपान्तरण गर्ने सेवा सञ्चालन गर्ने योजना पनि कलेजले अघि बढाइरहेको छ।
उनका अनुसार, यस्तो प्रयोगशालाले विद्यार्थीहरूलाई उद्योगसँग प्रत्यक्ष जोड्ने, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, साथै रोजगारी र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैबीच, इम्पेरियल कलेज अफ इन्जिनियरिङले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरअनुसार स्नातक तहका विभिन्न इन्जिनियरिङ कार्यक्रमका लागि भर्ना खुला गरेको छ। कलेजले बीई सिभिल इन्जिनियरिङमा ९६ सिट, बीई कम्प्युटर इन्जिनियरिङमा ४८ सिट तथा बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा ४८ सिट का लागि आवेदन आह्वान गरेको जनाएको छ।
करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको हरियाली परिसर, छात्र–छात्राका लागि छात्रावास, काठमाडौं उपत्यकाभर यातायात सेवा, डिजिटल ट्विन टेक्नोलोजी, अत्याधुनिक ईभी ल्याब, कलेज परिसरभित्रै फुटसल सुविधा तथा आधुनिक शिक्षण प्रणालीका कारण इम्पेरियल कलेज पछिल्लो समय इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरूको रोजाइमा पर्न थालेको कलेजले जनाएको छ।
ताजा अपडेट
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया