कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन २ र ३ गते सञ्चालन गरेको परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो।
बोर्डका अनुसार परीक्षामा कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गर्न सफल भएका छन्, जुन कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।
यस्तै, बोर्डले तीन जना परीक्षार्थीको नतिजा रद्द गरेको जनाएको छ।
परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, exam.neb.gov.np, studentportal.neb.gov.np तथा एसएमएस र आईभीआर सेवामार्फत हेर्न सकिने बोर्डले जनाएको छ।
बोर्डका अनुसार मौका (पूरक) परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशित भएको मितिले १० दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन्। साथै, नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले साउन २४ गतेदेखि ३१ गतेसम्म प्रतिविषय रु. १,००० शुल्क तिरेर अनलाइनमार्फत पुनर्योग (Retotaling) का लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
ताजा अपडेट
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया