बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
काठमाडौं । भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीले खण्डहर बनाएको नुवाकाेटकाे त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको शैक्षिक वातावरण पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने भएको छ ।
चौधरी फाउन्डेसनका निर्वाण चौधरीले विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग भेट गर्दै विद्यालयको तत्कालीन आवश्यकता सम्बोधन गर्न सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
फाउन्डेसनले विद्यालयका लागि कक्षाकोठाका फर्निचर, डिजिटल बोर्ड, ल्यापटप, विद्यालय झोला तथा स्टेशनरी सामग्री उपलब्ध गराउने जनाएको छ । त्यसका साथै विद्यार्थीको मानसिक तथा मनोसामाजिक कल्याण, शिक्षकको क्षमता अभिवृद्धि तथा विद्यालयमा इन्टरनेट कनेक्टिभिटीका लागि पनि सहयोग गरिने चौधरीले बताएका छन् ।
हालै आएको बाढीका कारण विद्यालयसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको थियो । विपद्का क्रममा विद्यालयका विद्यार्थीको सुरक्षाका लागि प्रधानाध्यापक दवाडीले देखाएको तत्परता र नेतृत्वको चौधरीले प्रशंसा गरेका छन् ।
चौधरीले विद्यालयको भौतिक संरचना पुनःस्थापनासँगै विद्यार्थीको सिकाइ र मनोवैज्ञानिक अवस्थालाई समेत प्राथमिकतामा राखेर सहयोग अघि बढाइने बताएका छन् ।
‘विद्यालय पुनर्निर्माण भनेको कक्षाकोठा मात्रै बनाउनु होइन, विद्यार्थी र समुदायमा आशा पुनःस्थापित गर्नु पनि हो’ भन्ने धारणा राख्दै चौधरी फाउन्डेसनले प्रभावित विद्यालयको शैक्षिक वातावरण पुनःनिर्माणमा सहयोग गर्ने जनाएको छ ।
ताजा अपडेट
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया