ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
काठमाडौं — Professional Holdings Ltd. अन्तर्गत सञ्चालित ग्लोबल कलेज ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो ।
Professional Holdings Ltd. का तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका चिफ फाइनान्स अफिसर (CFO) आरडी पाण्डे, ग्लोबल कलेजका निर्देशक राजेन्द्र त्रिपाठी, निर्देशक डा. डीएल पुरी लगायतको उपस्थिति थियो ।
CFO आरडी पाण्डेका अनुसार देश विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो । संकटका बेला निजी क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताअनुसार सहयोग गरिएको उनले बताए ।
गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण सयौँ नागरिकको ज्यान गएको छ भने हजारौँ अझै बेपत्ता छन् । ठूलो संख्यामा परिवार विस्थापित भएका छन् भने घर, सडक, पुल तथा जलविद्युत् संरचनामा समेत व्यापक क्षति पुगेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा निजी क्षेत्रबाट समेत राहत कोषमा सहयोग जुटिरहेको छ । यही क्रममा ग्लोबल कलेज ग्रुपले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाख रुपैयाँ सहयोग गरेको हो ।
कम्पनीका अध्यक्ष खगेन्द्र ओझाले देशलाई दुःख परेको समयमा आफ्नो संस्थागत जिम्मेवारी पूरा गर्ने उद्देश्यले सहयोग गरिएको बताए । विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राज्यले अघि बढाएको प्रयासमा आफ्नो तर्फबाट पनि योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनको भनाइ छ ।
Professional Holdings Ltd. अन्तर्गत ग्लोबल कलेज अफ म्यानेजमेन्ट, युनिग्लोब सेकेन्डरी स्कुल कमलादी, भ्याली भ्यु सेकेन्डरी स्कुल, लिबर्टी कलेज लगायतका शैक्षिक संस्था सञ्चालनमा छन् ।
शिक्षा क्षेत्रमा सक्रिय ग्लोबल कलेज ग्रुपले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत योगदान गर्दै आएको जनाएको छ । विपद्को यस कठिन समयमा गरिएको सहयोगलाई प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गरिएको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगका रूपमा लिइएको छ ।
ताजा अपडेट
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया