Techie IT
  • बिहीबार, भदौ १८, २०८३ / Thursday, September 3, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ

कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ


भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा एक शिक्षकको कुटपिटपछि मृत्यु भएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न आएका खोटाङको केपिलासगढी गाउँपालिका–७ का ३१ वर्षीय भानुभक्त राईमाथि कुटपिट भएको थियो । राई स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुरानो विवादलाई लिएर राईमाथि कुटपिट गरिएको थियो । गम्भीर घाइते भएका राईको मृत्यु भएको मौखिक जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनापछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ११ जनालाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालत भोजपुरबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–७ का सागर कोयु राई, मौली राई, निशान राई, सुशिल राई, शेरबहादुर राई, उमेश दमी राई, तारादेवी राई, समिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई रहेका छन् ।

घटनाले विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकको नै कुटपिटबाट मृत्यु भएपछि स्थानीय क्षेत्रमा समेत गम्भीर चिन्ता उत्पन्न भएको छ । प्रहरीले घटनाको कारण, कुटपिटमा संलग्न व्यक्तिको भूमिका तथा मृत्युको वास्तविक कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार घटना सम्बन्धमा अनुसन्धान जारी रहेकाले थप तथ्य अनुसन्धानपछि खुल्नेछ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको