एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि चार युवाले एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोष प्राप्त गरेका छन् । गत साता काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
एन्थोनी लन्च मेमोरियल छात्रवृत्तितर्फ रिन्चेन तामाङ र सुष्मा तामाङ तथा साथी अलुम्नी छात्रवृत्ति कोष–२०२६ तर्फ समीक्षा प्रसाईं छनोट भएकी छन् । उनले नेपालमै स्नातकोत्तर तहको अध्ययन अघि बढाउनेछिन् । अब छिट्टै एकजनालाई छनोट गरेर छात्रवृत्ति दिने उनले हेल्पले बताएको छ ।
रिन्चेन काठमाडौं विश्वविद्यालयमा सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता र सुष्मा शिक्षा नेतृत्व तथा व्यवस्थापन विषयमा स्नातकोत्तर गर्दैछन् । समीक्षाले लोक प्रशासन विषयमा स्नातकोत्तर अध्ययन गर्ने तयारी गरेकी छन् ।
छात्रवृत्तिको आर्थिक सहयोग हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप (हेल्प)को समन्वयमा मोण्डो फाउण्डेशनले गरेको हो । मोण्डो फाउण्डेशन एन्थोनी लन्चले करिब २१ वर्षअघि स्थापना गरेका थिए ।
नेपालमा लामो समय स्वयंसेवकका रूपमा काम गरेका एन्थोनीले विशेषगरी सिन्धुपाल्चोकको हेलम्बुबाट शिक्षा तथा सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएका थिए । ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा उनले लामो समय काम गरेका थिए । उनको निधनपछि परिवारले उनको सम्झनामा नेपालमै स्नातकोत्तर अध्ययन गर्न चाहने दुई विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको हो ।
‘एन्थोनी लन्चले नेपालमा थुप्रै सामाजिक कार्य गर्नुभएको छ । धेरै वर्षअघि सिन्धुपाल्चोकको हेलम्बुबाट सेवा प्रारम्भ गर्नुभएको उहाँको सन् २०२२मा निधन भएको थियो । उहाँकै सम्झनामा यो छात्रवृत्तिको स्थापना गरिएको हो,’ कार्यक्रममा बोल्दै मोण्डो फाउण्डेशनका पूर्व नेपाल निर्देशक एवम् एन्थोनीका साथीसमेत रहेका रामकृष्ण शाहीले बताए ।
छात्रवृत्तिअन्तर्गत आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गरिँदै आएको छ । प्रत्येक विद्यार्थीले दुई वर्षका लागि १ लाख ५० हजार रुपैयाँ बराबरकाे सहयोग पाउनेछन् ।
यसअघि पनि शर्मिला तामाङ, योगेन्द्र अनुपम जिसी, सुशीला तोलाङ्गे र उपमा राई लगायतले यही छात्रवृत्तिबाट उच्च शिक्षा अघि बढाइसकेका छन् ।
छात्रवृत्ति वितरण कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल र शिक्षाविद् विद्यानाथ कोइरालाको आतिथ्यता रहेको थियो ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया