Techie IT
  • बिहीबार, भदौ २५, २०८३ / Thursday, September 10, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजगोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र

गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र


काठमाडौं । गोकर्णेश्वर–४, माकलबारीस्थित गोकर्णेश्वर लाइट एकेडेमीले शैक्षिक संस्था व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड ISO 21001:2018 को प्रमाणपत्र प्राप्त गरेको छ । Guardian Assessment UK Limited ले विद्यालयको शैक्षिक संस्था व्यवस्थापन प्रणालीको मूल्याङ्कन गरी निर्धारित मापदण्ड पूरा गरेको पाइएपछि प्रमाणपत्र प्रदान गरेको हो ।

विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यले ISO 21001:2018 प्रमाणपत्र प्राप्त हुनु विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थित व्यवस्थापन प्रणालीप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार प्रमाणपत्रले विद्यालयले सञ्चालन गर्दै आएको शिक्षण–सिकाइ प्रक्रिया, पाठ्यक्रम कार्यान्वयन, सह–पाठ्यक्रम गतिविधि तथा विद्यार्थीको शैक्षिक, शारीरिक, सामाजिक र व्यक्तिगत विकासका क्षेत्रमा गरिएका प्रयासलाई थप व्यवस्थित बनाउन प्रेरणा मिलेको छ ।

प्रमाणपत्रमा विद्यालयको व्यवस्थापन प्रणाली ISO 21001:2018 (Educational Organizations Management System) को आवश्यकताअनुसार रहेको उल्लेख गरिएको छ। यसको दायरामा प्रारम्भिक बाल विकास तहदेखि कक्षा १० सम्मको शिक्षा तथा सिकाइ प्रक्रिया समेटिएको छ । प्रमाणपत्र १० अगस्ट २०२६ मा जारी भएको हो भने यसको वैधता ९ अगस्ट २०२९ सम्म रहेको प्रमाणपत्रमा उल्लेख छ ।

प्रिन्सिपल आचार्यले आगामी दिनमा पनि विद्यार्थीकेन्द्रित शिक्षण, गुणस्तरीय सिकाइ र निरन्तर सुधारलाई प्राथमिकतामा राखेर विद्यालयलाई थप उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको