शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८३/०८४ का लागि अध्यापन अनुमतिपत्र तथा शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगबाट स्वीकृत २०८३ असोज १ गतेको को कार्यतालिकामा विभिन्न तहका शिक्षक पदपूर्ति, अध्यापन अनुमतिपत्र तथा खुला प्रतियोगितात्मक परीक्षासम्बन्धी कामको समय निर्धारण गरिएको छ ।
कार्यतालिकाअनुसार प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय तथा प्रथम श्रेणीमा बढुवातर्फ २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक र ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रक्रिया अघि बढाइनेछ । २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मकतर्फ विज्ञापन/सूचना पुसमा प्रकाशन गर्ने र विषयगत परीक्षा माघमा सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख छ । यसको नतिजा फागुनमा प्रकाशन गरी अन्तर्वार्ता तथा अन्तिम नतिजा चैतमा गर्ने उल्लेख छ ।
त्यस्तै, माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि विज्ञापन कात्तिकमा र परीक्षा माघमा सञ्चालन गर्ने कार्यतालिका छ । नतिजा माघमै प्रकाशन गर्ने र नतिजा प्रकाशित भएको १ महिनाभित्र अध्यापन अनुमतिपत्र वितरण गर्ने उल्लेख गरिएको छ ।
निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि विज्ञापन मंसिरमा, परीक्षा माघमा र नतिजा फागुनमा प्रकाशन गर्ने कार्यतालिका आयोगले तय गरेको छ । यसमा पनि नतिजा प्रकाशित भएको १ महिनाभित्र अध्यापन अनुमतिपत्र वितरण गरिनेछ ।
खुला प्रतियोगितात्मकतर्फ माध्यमिक तृतीय श्रेणीका लागि विज्ञापन फागुनमा, लिखित परीक्षा वैशाख–असारमा र नतिजा वैशाखमै प्रकाशन गर्ने उल्लेख छ। निम्नमाध्यमिक तृतीय श्रेणीका लागि विज्ञापन चैतमा, लिखित परीक्षा जेठ–असारमा र नतिजा जेठमा प्रकाशन गर्ने कार्यतालिका छ ।
त्यस्तै, माध्यमिक तथा निम्नमाध्यमिक तृतीय श्रेणीको गत आर्थिक वर्षको बाँकी पदपूर्तिसम्बन्धी कामसमेत कार्यतालिकामा समेटिएको छ । माध्यमिकतर्फ विषयगत परीक्षा मंसिरमा, नतिजा फागुनमा तथा अन्तर्वार्ता र अन्तिम नतिजा चैतमा गर्ने उल्लेख छ। निम्नमाध्यमिकतर्फ सामान्य परीक्षा मंसिरमा, विषयगत परीक्षा माघमा, नतिजा मंसिर/फागुनमा र अन्तिम प्रक्रिया चैतमा गर्ने कार्यतालिका छ।
करार सूची प्रकाशनअन्तर्गत खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सिफारिस भएको एक महिनाभित्र सूची प्रकाशन गर्ने उल्लेख गरिएको छ ।
आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय तथा प्रथम श्रेणीमा बढुवाका लागि २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक तथा ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनतर्फको प्रक्रियालाई समेत वार्षिक कार्यतालिकामा समेटेको छ। बढुवातर्फको अन्तिम नतिजा तथा सिफारिससम्बन्धी काम आषाढदेखि भदौसम्म गर्ने र अघिल्लो आर्थिक वर्षका बाँकी कामसमेत सोहीअनुसार अघि बढाउने उल्लेख छ।
आयोगले शिक्षा विभागबाट तहगत पदपूर्तिका लागि विवरण प्राप्त भएपछि कार्यतालिकाबमोजिम पदपूर्तिको कामकारबाही गरिने जनाएको छ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया