विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयमा परीक्षा सम्पन्न भएको एक महिनाभित्र विद्यार्थीको नतिजा सार्वजनिक गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस तथा सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मन्त्रालयमा विश्वविद्यालयका परीक्षा र नतिजा समयमा सार्वजनिक नभएको गुनासो आउने गरेको बताए।
उनले परीक्षा र नतिजा प्रकाशनमा हुने ढिलाइ अन्त्य गर्नुपर्नेमा जोड दिँदै भने, ‘एक महिनाभित्र नतिजा ल्याउन कुलपति प्रधानमन्त्रीको पनि निर्देशन छ।’
मन्त्री पोखरेलले विश्वविद्यालयले शैक्षिक क्यालेन्डर अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। विश्वविद्यालयको कामलाई प्रभावकारी बनाउन अधिकारको विकेन्द्रीकरण आवश्यक रहेको उनको भनाइ थियो।
‘विकेन्द्रीकरण गर्न सकियो भने अझ प्रभावकारी हुन्छ,’ उनले भने।
उनले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह काठमाडौंमा मात्र सीमित नराखी अन्य प्रदेशमा समेत आयोजना गर्नुपर्ने धारणा राखे।
विश्वविद्यालयलाई अनुसन्धान र ज्ञानको केन्द्र बनाउनुपर्ने
मन्त्री पोखरेलले सरकार समग्र शिक्षा क्षेत्रको सुधारका लागि काम गरिरहेको दाबी गरे। विद्यालय र विश्वविद्यालयको भूमिकालाई स्पष्ट रूपमा छुट्याएर विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान र नीतिगत सोचको केन्द्र अर्थात् ‘थिङ्क ट्यांक’ का रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।
‘शिक्षा सुधार गर्न लागेका छौँ। तर विश्वविद्यालय र विद्यालयको फरक छुट्याउन सकेका छैनौँ। विश्वविद्यालय थिङ्क ट्यांक हो,’ उनले भने।
सरकार शिक्षा ऐन निर्माण, पाठ्यक्रम सुधार तथा नयाँ शिक्षा नीति निर्माणको प्रक्रियामा रहेको जानकारी दिँदै उनले यी क्षेत्रमा विश्वविद्यालयको भूमिका अझ महत्वपूर्ण हुनुपर्ने बताए।
आंगिक क्याम्पसको पूर्वाधारदेखि विदेशी विद्यार्थी आकर्षणसम्म जोड
मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूको भौतिक पूर्वाधार तथा शैक्षिक क्षमता विकास गर्नुपर्ने बताए। साथै, नेपालका विश्वविद्यालयमा विदेशी विद्यार्थी आकर्षित गर्न आवश्यक वातावरण निर्माण गर्न पनि उनले आग्रह गरे।
उनले विश्वविद्यालयलाई पारदर्शी, डिजिटल प्रणालीमा आधारित, जीवनोपयोगी शिक्षा प्रदान गर्ने तथा अनुसन्धानमैत्री बनाउनुपर्नेमा जोड दिए।
यसपटकको त्रिभुवन विश्वविद्यालय सभा बैठकको अध्यक्षता सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरेका हुन्।
यसअघि त्रिभुवन विश्वविद्यालयका सभा बैठकमा कुलपति एवं प्रधानमन्त्रीले अध्यक्षता गर्ने परम्परा रहँदै आएको थियो। तर यसपटक कुलपति अनुपस्थित भएपछि विश्वविद्यालयको प्रचलित व्यवस्थाअनुसार सहकुलपति पोखरेलले सभाको अध्यक्षता गरेका हुन्।
ताजा अपडेट
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया