चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो बीडीएस प्रवेश परीक्षाको नतिजा
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले बीडीएस (BDS) अध्ययनका लागि सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको परीक्षा निर्देशनालयले मंसिर ३ गते सूचना जारी गर्दै चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) अन्तर्गत बीडीएसको नतिजा प्रकाशन गरेको हो।
शैक्षिक सत्र २०८३/८४ मा भर्नाका लागि विद्यार्थी छनौट गर्न यो परीक्षा कार्तिक १५ गते (१ नोभेम्बर २०२६) सञ्चालन भएको थियो। परीक्षामा सम्मिलित उम्मेदवारमध्ये योग्यताक्रममा रहन सफल भएकाहरूको नतिजा योग्यताक्रमअनुसार प्रकाशित गरिएको आयोगले जनाएको छ।
अनलाइन प्रोफाइलमै नतिजा
परीक्षार्थीले आफ्नो अनलाइन प्रोफाइलमा समेत नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ। नतिजा आयोगको वेबसाइट www.mec.gov.np मा पनि हेर्न सकिन्छ।
केही उत्तरपुस्तिका रद्द
आयोगका अनुसार उत्तरपुस्तिका (OMR Sheet) मा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभर्ने वा गलत भर्ने परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ। यस्ता परीक्षार्थीको विवरण सूचनासँगै तपशिलमा सार्वजनिक गरिएको आयोगले उल्लेख गरेको छ।
नतिजाप्रति सन्तुष्ट नहुने परीक्षार्थीका लागि पुनर्योग (retotaling) सम्बन्धी सूचना पछि आयोगको वेबसाइटमा प्रकाशित गरिने छ।
यसअघि आयोगले मंसिर २ गते एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको थियो।
ताजा अपडेट
- चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो बीडीएस प्रवेश परीक्षाको नतिजा
- सामाजिक सञ्जालमा ‘तथ्यहीन र अपमानजनक’ अभिव्यक्तिप्रति प्याब्सनको कडा आपत्ति, कानुनी उपचारको चेतावनी
- म्यादी प्रहरी, अब डाक्टर !
- १८७.५ अङ्कसहित परार्थको ऐतिहासिक सफलता, बने एमबीबीएस इन्ट्रान्स टपर!
- माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो, मंसिर ७ देखि आवेदन दिन सकिने
- त्रिविले निकाल्यो बीबीएस प्रथम वर्षको नतिजा, चार विद्यार्थीलाई दुई वर्ष परीक्षा दिन रोक
- कस्ता विद्यार्थीलाई ट्यालेन्ट भन्ने ? विद्यार्थीको प्रतिभा चिन्ने सही तरिका के हो ?
- विद्यार्थीको एक मिनेटको भिडियोले जित्न सक्छ ५० हजार रुपैयाँ, काठमाडौं महानगरले खुलायो अवसर !
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया