एमबीबीएस, बीडीएस, नर्सिङदेखि फार्मेसी: कुन मेडिकल विषय पढ्न कति लाग्छ शुल्क ?
काठमाडौँ । एमबीबीएस अध्ययनका लागि उपत्यकाबाहिरका मेडिकल कलेजमा ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ र उपत्यकाभित्रका कलेजमा ४१ लाख ६८ हजार ९० रुपैयाँ शुल्क तोकिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ। आयोगका अनुसार शैक्षिक सत्र २०७८/७९ मा निर्धारण भएको कार्यक्रमगत शिक्षण शुल्क हालसम्म कायम रहेको छ।
आयोगले सार्वजनिक गरेको स्नातक तहका १६ वटा शैक्षिक कार्यक्रमको शुल्क विवरणअनुसार उपत्यकाबाहिर एमबीबीएस पढ्नेले उपत्यकाभित्रको तुलनामा ४ लाख २७ हजार ६ सय ३० रुपैयाँ बढी तिर्नुपर्छ। एमबीबीएस प्रवेश परीक्षाको नतिजा आएसँगै कलेज छनोटको तयारीमा रहेका विद्यार्थी र अभिभावकका लागि यो विवरण महत्त्वपूर्ण मानिएको छ।
कुन विषय पढ्न कति शुल्क?
स्नातक तहका १६ वटा कार्यक्रमको निर्धारित शुल्क (रुपैयाँमा):
| क्र.सं. | कार्यक्रम |
निर्धारित शुल्क (रु.) |
|---|---|---|
| १ | MBBS (उपत्यकाबाहिर) | ४५,९५,७२० |
| १ | MBBS (उपत्यकाभित्र) | ४१,६८,०९० |
| २ | BDS | २०,९२,२९० |
| ९ | BAMS | ११,३१,९३० |
| ३ | B.Sc. Nursing | १०,३६,००० |
| ४ | BPT | ७,७७,००० |
| ५ | B.Sc. MIT | ७,७७,००० |
| ६ | B.Sc. MLT | ७,७७,००० |
| ७ | B. Medical Microbiology | ७,७७,००० |
| ८ | B. Medical Biochemistry | ७,७७,००० |
| ११ | B. Pharmacy | ७,७७,००० |
| १३ | BPH | ७,७७,००० |
| १४ | B. Optometry | ७,७७,००० |
| १५ | B. Perfusion Technology | ७,७७,००० |
| १६ | BASLP | ७,७७,००० |
| १२ | Pharm D | ६,७३,४०० |
| १० | BNS/BMS | ५,१८,००० |
शुल्कको तुलनामा के देखिन्छ?
आयोगका अनुसार एमबीबीएसपछि सबैभन्दा बढी शुल्क बीडीएसको छ। बीडीएस पढ्न २० लाख ९२ हजार २ सय ९० रुपैयाँ लाग्छ, जुन उपत्यकाभित्रको एमबीबीएसको आधाजस्तो हो।
आयुर्वेद अध्ययन (BAMS) का लागि ११ लाख ३१ हजार ९ सय ३० रुपैयाँ र बीएससी नर्सिङका लागि १० लाख ३६ हजार रुपैयाँ शुल्क तोकिएको आयोगले जनाएको छ।
स्नातक तहका १० वटा कार्यक्रमको शुल्क भने उस्तै ७ लाख ७७ हजार रुपैयाँ छ। बीपीटी, बीएससी एमआइटी, बीएससी एमएलटी, मेडिकल माइक्रोबायोलोजी, मेडिकल बायोकेमिस्ट्री, बीफार्मेसी, बीपीएच, बीअप्टोमेट्री, बीपर्फ्युजन टेक्नोलोजी र बीएएसएलपी यसमा पर्छन्।
सबैभन्दा कम शुल्क बीएनएस/बीएमएसको छ, ५ लाख १८ हजार रुपैयाँ। फार्मडी अध्ययनका लागि ६ लाख ७३ हजार ४ सय रुपैयाँ तिर्नुपर्ने आयोगको विवरणमा उल्लेख छ।
आयोगले शैक्षिक सत्र २०७८/७९ मा तोकेको यो शुल्क हालसम्म परिवर्तन नगरिएको जनाएको छ।
ताजा अपडेट
- एमबीबीएस, बीडीएस, नर्सिङदेखि फार्मेसी: कुन मेडिकल विषय पढ्न कति लाग्छ शुल्क ?
- चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो बीडीएस प्रवेश परीक्षाको नतिजा
- सामाजिक सञ्जालमा ‘तथ्यहीन र अपमानजनक’ अभिव्यक्तिप्रति प्याब्सनको कडा आपत्ति, कानुनी उपचारको चेतावनी
- म्यादी प्रहरी, अब डाक्टर !
- १८७.५ अङ्कसहित परार्थको ऐतिहासिक सफलता, बने एमबीबीएस इन्ट्रान्स टपर!
- माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो, मंसिर ७ देखि आवेदन दिन सकिने
- त्रिविले निकाल्यो बीबीएस प्रथम वर्षको नतिजा, चार विद्यार्थीलाई दुई वर्ष परीक्षा दिन रोक
- कस्ता विद्यार्थीलाई ट्यालेन्ट भन्ने ? विद्यार्थीको प्रतिभा चिन्ने सही तरिका के हो ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया