पिनाकल एकेडेमी : २५ वर्षदेखिको विरासत, वर्षेनी अब्बल नतिजा

२५ वर्ष लामो विरासत, वर्षेनी अब्बल नतिजा, पढाइका साथै करिअर काउन्सिलिङमा जोड, अनुशासित वातावरण, प्रविधिमैत्री शिक्षा, योग्य अध्यापकहरुको समूह, शैक्षिक क्षेत्रमा खारिएका व्यक्तिहरुको संलग्नताजस्ता कारणले हरेक वर्ष सयौं विद्यार्थीको रोजाइमा पर्छ– ललितपुर लगनखेलस्थित पिनाकल एकेडेमी ।
यतिबेला मुलुकभर कक्षा ११ को भर्ना प्रक्रिया चलिरहेको छ । ८ हजारभन्दा बढी माविहरुमध्ये कुन मावि रोज्ने भन्नेमा विद्यार्थीहरुमाझ अन्योलता छ । त्यही कारण राम्रो शैक्षिक वातावरणमा पढेर उत्कृष्ट करिअर निर्माण गर्न चाहनेहरुका लागि रोजाइको मावि बन्न सक्छ पिनाकल । किनभने, पिनाकलले सैद्धान्तिकसँगै व्यवहारिक सिकाइको पाटो र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने गरेको छ ।
विज्ञान, व्यवस्थापन, मानविकी, कानुनका संकाय अध्यापन गराउँदै आएको पिनाकलले यस वर्ष कक्षा ११ मा झण्डै ८ सय विद्यार्थी भर्ना लिने लक्ष्य राखेको प्रिन्सिपल डा. ऋषि तिवारी बताउँछन् । जसका लागि कलेजले प्रवेश परीक्षा लिइरहेको छ । उक्त परीक्षामा उल्लेख्य विद्यार्थीहरुले सहभागिता जनाएको उनले बताए ।
‘हामीले हरेक संकायमा कोटा निर्धारण गरेका छौं । जसअनुसार विद्यार्थी भर्ना गर्ने क्रम जारी छ,’ उनले भने, ‘हामीले विज्ञानमा २७५, व्यवस्थापनमा ४००, मानविकीमा ४५, कानुनमा ४५ जना विद्यार्थी भर्ना लिँदै आएका छौँ ।’
पिनाकलले विधार्थीहरुलाई समग्रतामा भन्दा उसको विशेषता र क्षमताका आधारमा प्रशिक्षित गर्छ । यही कारण पिनाकल एकेडेमी अब्बल माविहरुमा पर्छ । एजुकेशन समाचारले यस वर्षका अब्बल मावि छनोटका लागि तय गरेको मापदण्डको आधारमा पिनाकल टपटेनमा अटाउन सफल मावि हो ।
वि.सं. २०५५ सालबाट कक्षा ११ र १२ को अध्ययन सुरु गरेको पिनाकलको अब्बल नतिजाको कारण के होला ? प्रिन्सिपल डा. तिवारी भन्छन्, ‘शिक्षण टिम र व्यवस्थापनको डेडिकेसन नै हाम्रो अब्बल नतिजाको कारण हो ।’ डा. तिवारी अगाडि थप्छन्, ‘विद्यार्थीहरुलाई समग्रतामा भन्दा पनि हामी व्यक्तिगत रुपमा हेर्छौ । कुन विद्यार्थी केमा कमजोर छ, त्यही आधारमा उसलाई तयार गर्न समय खर्चन्छौं ।’
साथै, तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद्बाट लिइने राष्ट्रियस्तरको परीक्षामा तीन पटकसम्म नेपाल टप र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी)को स्थापना भइसकेपछि पनि वि.सं. २०७६ सालमा समेत नेपालको टपर उत्पादन गर्न सफल भएको पिनाकलले एकपटक उत्कृष्ट माविको पुरस्कारसमेत जितेको छ ।
विद्यार्थीलाई कक्षा ११, १२ उत्तीर्ण गराउने मात्र होइन्, त्यसपछिको करिअरमा समेत पिनाकलले ध्यान दिँदै आएको छ । एमबीबीएस, इन्जिनियरिङलगायतका तयारी कक्षा सञ्चालनदेखि अन्य करिअर काउन्सिलिङका कक्षाहरुसमेत पिनाकलले सञ्चालन गर्दै आएको प्रिन्सिपल डा. तिवारी बताउँछन् । ‘हामी कहाँ अध्ययन गरेका अधिकांश विद्यार्थीहरु डाक्टर, इञ्जिनियर, बैंकर, हवाई क्षेत्र, राजनीतिक, खेलकुदको नेतृत्वमा पुगिसकेका छन्,’ उनी भन्छन्, ‘अमेरिकाको नासा र गुगल कम्पनीमा कम्प्युटर इञ्जिनियरदेखि जापानमा हाइड्रो इञ्जिनियर र नेपालमै उत्कृष्ट र अब्बल डाक्टर तथा पाइलटका रुपमा हाम्रा विद्यार्थी स्थापित भइसकेका छन् ।’ यसमा पिनाकलको गर्व जोडिएको उनले बताए ।
नासादेखि जापानको हाइड्रोपावरसम्म पिनाकलकै विद्यार्थी
पिनाकलको अर्को विशेषता भनेको अब्बल नतिजा पनि हो । स्थापना वर्षदेखि नै अब्बल नतिजाको लय समातेको पिनाकलले हालसम्म त्यसलाई निरन्तरता दिँदै आएको छ । २६ औं वर्षको उकाली चढ्दै गरेको पिनाकलका ६ जना विद्यार्थी शैक्षिक वर्ष वि.सं. २०६१÷०६२ विद्यार्थी देशैभरबाट सर्वोत्कृष्ट नतिजा ल्याइ टप टेनमा पर्न सफल भएका थिए ।
वि.सं. २०६१÷०६२ मै कक्षा ११ को परीक्षामा सुनिता घिमिरे र विश्वम्भर थापा दुवैजनाले बराबर अंक ल्याई बोर्ड फस्र्ट भएका थिए भने कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजासहित बोर्ड फस्र्ट भएकी सुनिताले नेपाल विद्या पदक समेत पाएको उनले जानकारी दिए । ‘यतिबेला सुनिता र विश्वम्भर दुवै जना डाक्टर बनिसकेका छन्,’ उनले भने ।
त्यस्तै, वि.सं. २०६४ सालको परीक्षामा रितेश प्रधान टपटेनमा पर्न सफल भएका थिए । अमेरिकामा नासामा इञ्जिनियरको रुपमा काम गरेका प्रधान अहिले गुगलको अमेरिकास्थित कार्यालयमा सफ्टवेयर इञ्जिनियरका रुपमा काम गरिरहेका छन् ।
यसैगरी, वि.सं. २०६५ मा केशवराज पोखरेलले तत्कालीन एचएसईबीको परीक्षामा बोर्ड फस्र्ट बनेर नयाँ इतिहास रचेका थिए । पोखरेल यतिबेला जापानमा हाइड्रो इञ्जिनियरका रुपमा काम गरिरहेका छन् भने पूर्ण छात्रवृत्तिमा थाइल्याण्डको एआईटी कलेजमा एमबीए अध्ययन गरिरहेका छन् ।
त्यस्तै, राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा समेत अब्बल नतिजा ल्याएका विद्यार्थीहरु यतिबेला एमबीबीएस, इन्जिनियरिङ, चार्टर अकाउण्टेण्ट बन्ने ध्याउन्नमा छन् ।
भरत खवासदेखि प्रिन्स दाहालसम्म पिनाकलकै उत्पादन
पिनाकल, शैक्षिक क्षेत्रमामात्र होइन खेलकूद र कला क्षेत्रमा पनि अब्बल प्रतिभाहरु उत्पादनको थलो हो । विशेषगरी फुटबल र राष्ट्रिय टिममा पिनाकलकै उत्पादनको बर्चस्व रहेको छ । फुटबलर भरत खवासदेखि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पिनाकलकै उत्पादन हुन् । दाहाल यतिबेला कक्षा १२ को नतिजाको पर्खाइमा छन् ।
यसैगरी, पिनाकलले विदेशी प्रशिक्षकको प्रशिक्षणमा क्रिकेट टिम नै तयार पारेको छ । कलेजको छुट्टै क्रिकेट टिम तयार पार्नुका साथै ग्रेट हिमालय क्रिकेट क्लबसँग सहकार्य गरी क्रिकेटमा रुचि राख्ने विद्यार्थीलाई प्रशिक्षणसमेत दिँदै आएको छ । ‘हामी पढाइका साथै विद्यार्थीलाई रुचिअनुसारको खेलाडी बनाउन उद्धत छौं,’ डा. तिवारी भन्छन्, ‘हामीले उत्पादन गरेका खेलाडी राष्ट्रिय टिमबाट देशको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिसकेका छन् ।’
राष्ट्रिय फुटबल टिमका खेलाडीमा खवाससहित जुमानु राई, भोला सिलवाल, अनन्त तामाङको करिअर उँचो बनाउन पिनाकलकै देन रहेको छ । हङकङ म्याराथनका स्वर्णपदक विजेता धावक अजित यादवसमेत पिनाकल एकेडेमीकै उत्पादन हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मिलेर फुटबल खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरेको पिनाकलले पछिल्लो समय क्रिकेट खेलाडीलाई छात्रवृत्ति र प्रशिक्षणमा बढी लगानी गरिरहेको छ ।
प्रयोगात्मक÷व्यवहारिक शिक्षामा जोड
पिनाकलले प्रयोगात्मक शिक्षालाईसमेत प्राथमिकतामा राख्ने गरेको छ । किताबमा पढेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक बनाउनका लागि कलेजले प्रयोगात्मक शिक्षालाई जोड दिने गरेको प्रिन्सिपल डा. तिवारी बताउँछन् ।
विज्ञानका विद्यार्थीहरुको नियमित प्रयोगात्मक कक्षाबाहेक विभिन्न फिल्ड भिजिट, इन्डष्ट्रियल भिजिट, बोटानिकल गार्डेन भिजिटका लागि लगिन्छ । त्यसैगरी, म्यानेजमेन्ट विषयमा विजनेश म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई पाठ्यक्रममा भएको भन्दा बाहेक कक्षा ११ र १२ मा ३०÷३० घण्टाको विजनेश डेभलपमेन्ट ट्रेनिङको व्यवस्था कलेजले गरेको छ ।
त्यस्तै, होटल म्यानेजमेन्टका विद्यार्थीलाई आफ्नै सुविधासम्पन्न होटल ट्रेनिङ सेन्टरमा वर्षैभरी नै कुकिङ, हाउस किपिङ, वेटर, बार आदिको प्रयोगात्मक सीप दिने गरिएको प्रिन्सिपल डा. तिवारीले बताए । ‘यहाँ अध्ययन गरेका विद्यार्थीले कतै जागिरका लागि आवेदन दिँदा रिजेक्ट हुने चान्स नै हुँदैन,’ उनले भने, ‘हामीले किताबी ज्ञानका साथै व्यवहारिक जीवनमा काम लाग्ने सीपसमेत सिकाउने हुँदा बजारले हाम्रा विद्यार्थीलाई विश्वास गरिहाल्छ ।’
यसैगरी, कम्प्युटर साइन्स पढ्ने विद्यार्थीलाई कलेजले ग्राफिक डिजाइन, भिडियो इडिटिङ, डिजिटल मार्केटिङलगायतका विषयमा सुविधासम्पन्न ल्याबमा तालिम दिने गरेको प्रिन्सिपल डा. तिवारीले बताए । यता मानविकी र कानुन पढ्ने विद्यार्थीलाई विषयअनुसारका तालिम तथा भ्रमण गराउने गरेको छ ।
विभिन्न विधामा छात्रवृत्तिको व्यवस्था
पिनाकलले विभिन्न विधामा विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ । न्यून तथा मध्यम वर्गीय परिवारबाट आएका र प्राकृत्तिक विपद्को क्षेत्रका विद्यार्थीहरुका लागि बेग्लै छात्रवृत्तिको व्यवस्था गरिएको डा. तिवारी बताउँछन् ।
‘आर्थिक अभावमा कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर हामीले विभिन्न छात्रवृत्तिको व्यवस्था गरेका छौं,’ तिवारी कलेजले प्रदान गर्ने छात्रवृत्तिबारे प्रकाश पार्दै थिए, ‘विद्यार्थीले एसईईमा प्राप्त गरेको जीपिए, प्रवेश परीक्षामा प्राप्त गरेको अंक, विद्यार्थीको अन्तरनिहित क्षमता लगायतका कुराहरुमा आधारित रहेर छात्रवृत्ति प्रदान गर्छौं ।’
साथै, कलेजले सरकारी विद्यालयबाट आउने विद्यार्थीका लागि सरकारी कोटाको छात्रवृत्ति दिने गरेको उनले प्रष्ट पारे । यसैगरी, पिनाकलले कक्षा ११ मा निर्धारण गरेको शुल्क र छात्रवृत्तिलाई समेत निरन्तरता दिने गरेको छ । हो, यिनै गुण र विशेषताका कारण पिनाकलमा यतिबेला कक्षा ११ भर्ना हुने विद्यार्थीको भीड छ ।
ताजा अपडेट
- कक्षा ११ का विद्यार्थीलाई मनास्लु कलेजको अभिमुखीकरण, झण्डै एक हजार विद्यार्थीले रोजे मनास्लु
- ‘न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
- रिलायन्स इन्टरनेशनल एकेडेमीद्वारा २३ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- महानगरले सार्वजनिक गर्यो छात्रवृत्तिको सूची, को विद्यार्थी कुन कलेजमा परे ? (नामावलीसहित)
- ‘एसईईको जीपीएका आधारमा विद्यार्थी छनोट गर्ने सिटिइभिटीको निर्णय वैज्ञानिक र व्यावहारिक छ’’
- त्रिविद्वारा साउन दोस्रो हप्तादेखि स्नातक तह प्रथम सत्रको भर्ना सुरु गर्न क्याम्पसहरुलाई निर्देशन
- २१ साउनअघि विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षक महासंघको ‘अल्टिमेटम’
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया