बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
काठमाडौं । बालेन शाहले काठमाडौं महानगरपालिकाको बागडोर सम्हाले सामुदायिक विद्यालयको नतिजामा सुधार देखिन थालेको छ । यसवर्षको एसईईको नतिजालाई नै हेर्ने हो भने विगतको वर्षको तुलनामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या ७८ प्रतिशतले वृद्धि भएको मेयर शाहले जानकारी दिए ।
‘यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ३.६१ देखि ४.० ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ,’ उनले भनेका छन्, ‘गत बर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ३.६१ देखि ४.० ल्याएका थिए । यस बर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३%) छात्रछात्राले ‘३.६१ देखि ४.० ल्याएका छन् ।’
आवेदकमध्ये गएको बर्ष १२५ (३.१७%) जना गयल भए भने यस बर्ष ५० (१.२३%) जना गयल देखिएको महानगरले जनाएको छ । यो तथ्याङ्कबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दैछ । ‘विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुन थालेका छन्,’ मेयर शाहले भने, ‘हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको छ ।’
महानगरका अनुसार गत बर्ष ‘३.२१ देखि ३.६० ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४%) जना थियो । यस बर्ष ४८६ (१२.४२%) पुगेको छ । यो ५१% वृद्धि दर हो । गत बर्ष ६९७ (१७.६८%) जनाले २.८१ देखि ३.२१ मा उत्तीर्ण गरेका थिए । यस बर्ष ८०४ (२०.५५%) जनाले २.८१ देखि ३.२१ ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको बर्ष २.४१ देखि २.८० ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०%) थियो । यस बर्ष ९७४ (२४.९०%) पुगेको छ ।
गत बर्ष १००४ (२५.४६%) को २.०१ देखि २.४० आएको थियो । यस बर्ष २.०१ देखि २.४० ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४%) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ %) हो । यससँगै १.६१ देखि २.० ल्याउने विद्यार्थीको संख्या (–२९ %) ले घटेको छ । गएको बर्ष यस ग्रेडमा ६२० जना (१५.७२%) उत्तीर्ण थिए । यस बर्ष ४३५ (११.१२%) मा घटेको छ ।
महानगरभित्रका सामुदायिक विद्यालयमा यस बर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।
उत्कृष्ट नतिजाका लागि महानगरले के गर्यो ?
गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गरेको मेयर शाहले जानकारी दिए । ‘गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन ग¥यौँ,’ उनले भने, ‘उहाँहरुको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।’
९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गरिएको महनगरले जनाएको छ । ‘शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो,’ उनले भने, ‘प्रविधिमैत्री सीप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।’
विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थालेको उनले जानकारी दिए । अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थालेको उनले बताए ।
प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको महानगरले जनाएको छ ।
ताजा अपडेट
- ५ वर्षभित्र आधारभूत शिक्षा सुनिश्चित गर्ने सरकारको घोषणा
- साउनबाट शिक्षकले मासिक रुपमा तलब पाउने
- नीति तथा कार्यक्रममा नयाँ छनकः स्मार्ट विद्यालयदेखि बुट क्याम्प कार्यक्रम संचालनसम्म
- मध्यपश्चिममा गौतम र पूर्वाञ्चल विश्वविद्यालयमा थपलिया उपकुलपतिमा नियुक्त
- गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
- कक्षा १२ को परीक्षा आजदेखि सुरु, ३ लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी
- त्रिविका प्रमुख कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश
- राजनीतिमा लागेका शिक्षकमाथि होला त कारबाही ?
धेरैले पढेको
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
- सेन्ट लरेन्सलाई ‘कलेज अफ दि इयर’ एवार्ड
- आफ्ना दर्जन कवितासँगै गुञ्जिइन् जयन्ती ‘स्पन्दन’
- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त, यस्तो छ उनको पृष्ठभूमी
- कस्तो हुनुपर्छ जनप्रतिनिधि ?
तपाईको प्रतिक्रिया