बढी शुल्क अशुल्ने निजी विद्यालयमाथि टोखा नगरपालिकाले कारबाही गर्दै

काठमाडौं– टोखा नगरपालिकाले तोकेभन्दा बढी शुल्क लिने नगरभित्रका संस्थागत (निजी) विद्यालयलाई कारबाही गर्ने भएको छ । नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका केही संस्थागत विद्यालयले मापदण्डभन्दा बढी शुल्क लिएको
पाइएकाले त्यस्ता विद्यालयलाई कारबाही गर्न लागेको जनाएको छ ।
नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले अनुगमनका क्रममा तोकेको भन्दा बढी शुल्क लिएको, ११ कक्षाको नतिजा समयमै प्रकाशन नगरेको, विद्यालयमा विद्यार्थीमैत्री वातावरण नभएको, शुल्क सम्बन्धमा अभिभावकसँग विवाद रहेको पाइएकाले त्यस्ता विद्यालयलाई कानुनी कारबाही गर्न लागिएको जानकारी दिए ।
अनुगमन तथा निरीक्षणका क्रममा विद्यालयको वातावरण सफासुग्घर नभएको, शैक्षिक सत्र ०८० को शुल्क प्रस्ताव नगरपालिकाको कार्यालयमा पेस नगरेको, अन्य तथा अतिरिक्त शुल्क बढी लिएको, मन्टेश्वरी सञ्चालनका लागि अनुमति लिएर कक्षा तीनसम्म सञ्चालन गरेको पाइएकोले त्यस्ता विद्यालयलाई कारवाही गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
ताजा अपडेट
- साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष निष्काशन, विद्यार्थीको सबै विषयको परीक्षा रद्द
- साइपाल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष प्रहरी नियन्त्रणमा
- आजबाट कक्षा १२ को परीक्षा सुरु
- शिक्षिका ११ वर्षीय विद्यार्थीको प्रेममा परेपछि…
- बोर्डका अध्यक्ष शर्मा भन्छन् ,`कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाटै हुन्छ´
- शिक्षक महासंघद्वारा शैक्षिक हड्ताल स्थगित
- यी हुन् सरकार र शिक्षकबीच भएका सहमति
- सरकार र शिक्षकबीच जुट्यो सहमति
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
तपाईको प्रतिक्रिया