यी हुन् एसईईमा ४ जीपीए ल्याउने काठमाडौंका विद्यालय

काठमाडौं । काठमाडौं जिल्लाभरबाट ३२ जना विद्यार्थीले एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् । काठमाडौंमा सामुदायिक, संस्थागत र वैकल्पिक गरी १ हजार २१ वटा विद्यालयमध्ये २४ वटा विद्यालयका ३२ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।
काठमाडौंका १६४ सामुदायिक विद्यालय, ८२९ संस्थागत विद्यालय, खुला, बैकल्पिक तथा महिला विद्यालय २८ विद्यालयबाट ३६६९७ विद्यार्थी गत वर्षको एसईईमा सहभागि भएका थिए ।
जसमध्ये सामुदायिक विद्यालयबाट २ जना, संस्थागत विद्यालयबाट ३० जना गरी जम्म ३२ जना विद्यार्थीहरू ४ जिपिए ल्याउन सफल भएका हुन् ।
कुन विद्यालयबाट कति जना ?
काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित ज्ञानोदय मावि बाफल, कोटेश्वरस्थित नवज्योति इङ्लिस सेकेण्डरी स्कुल, टोखाको फ्लोरेसेन्ट सेकेण्डरी स्कुल, मनमैजुको हिमरश्मी हाइस्कुल, चावहिलको रिभेरा इन्टरनेशनल स्कुल, कपनस्थित पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुल, ऐराहिटीस्थित विभूती विद्यामन्दिर र लाजिम्पाटको मिल्सबेरी स्कुलबाट २/२ जना विद्यार्थीले ४ जीपिए ल्याएको बोर्डले जनाएको छ ।
त्यस्तै, जोरपाटीस्थित सेन्टिनियल बोर्डिङ स्कुल, अरुणिमा सेकेण्डरी स्कुल, कपनको रिलायन्स इन्टरनेशनल स्कुल, गोंगबुको नर्थ प्वाइन्ट एकेडेमीबाट १/१ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।
त्यसैगरी, कीतिपुरस्थित राराहिल मेमोरियल स्कुल, बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुल, मनमैजुको एन्जल्सहार्ट सेकेण्डरी स्कुल, बसुन्धरास्थित नेपाल मोडल स्कुल, शंखमुलस्थित केएमसी स्कुल, बालुवाटारस्थित ह्वीच किड्स इन्टरनेशनल स्कुल, बानेश्वरस्थित काब्या स्कुलबाट पनि १/१ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।
त्यस्तै, कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुल, गोकेर्णेश्वरस्थित लिबर्टी एकेडेमी, नक्सालस्थित मल्पी सिटी स्कुल, लाजिम्पाटपस्थित मिल्सबेरी स्कुलका १/१ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया