छात्रवृत्ति पाउने विद्यार्थीको सूचीमा चित्त नबुझे निवेदन दिन महानगरकाे आग्रह
काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति पाउने विद्यार्थीको अन्तिम सूचीमा चित्त नबुझे निवेदन दिन आह्वान गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन दिन आग्रह गरेको हो ।
पहिलो चरणमा सूचीमा नाम उल्लेख भएका विद्यार्थीले १ भदौभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ भने ३ भदौमा दोस्रो चरणको नतिजा प्रकाशन गर्ने महानगर शिक्षा विभागको तयारी छ । त्यसअघि नै महानगरले निवेदन मागेको हो ।
महानगरको शिक्षा विभागले गरेको सिफारिसविरुद्ध चित्त नबुझेका विद्यार्थीले म्याचिङको नतिजामाथि कारबाहीको माग गर्दै निवेदन दिएको जनाएको छ । त्यस्ता निवेदनमाथि छानबिन भइरहेको जनाउँदै महानगरले अन्यलाई पनि मंगलबार साँझ ५ बजेसम्म निवेदन दिने समय दिएको हो ।
कक्षा ११ को छात्रवृत्तिका लागि २० साउनमा महानगरले लिएको परीक्षाको म्याचिङ नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची सोमबार प्रकाशन गरेको छ । जसमा विज्ञान विषयमा १४ सय ५२ जना, व्यवस्थापन विषयमा ७ सय ४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङमा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना गर्न पाउनेछन् ।
उक्त कोटामा सहभागी हुने विद्यार्थीलाई विभिन्न क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको महानगरले जनाएको छ । त्यसमा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, काठमाडौं महानगरपालिका भित्र स्थायी बसोवास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोवास भई सोही क्षेत्रमा अध्ययन गरेका विद्यार्थी परेका छन् ।
आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यमिक तहसम्मको शैक्षिक अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य महानगरको रहेको महानगरद्वारा सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

ताजा अपडेट
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया