कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, कुन विषयको परीक्षा कहिले ?

काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले आज आइतबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।
बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार २०८० साल वैशाख २६ गतेबाट परीक्षा शुरु हुने जनाइएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, वौद्ध शिक्षा, उर्दु व्याकरण र साहित्य, अनिवार्य वैकल्पिक संस्कृत रचना लगायतका विषय रहेको परीक्षा हुनेछ ।
परीक्षा जेठ ५ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने जनाइएको छ ।
परीक्षामा साधारण/परम्परागत धारतर्फ रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७८ र ७९ हुने ग्रेडवृद्धि तथा नियमित परीक्षार्थीहरुले नयाँ पाठ्यक्रम अनु्सार परीक्षामा सहभागि हुनु पर्ने बोर्डले जनाएको छ । यस्तै, अन्य ग्रेड वृद्धि/आंशिक परीक्षार्थीहरु (रजिष्ट्रेसन नम्बर शुरुका दुई अंक ७२, ७३, ७४, ७५, ७६ र ७७ हुने) ले पुरानो पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने जनाइएको छ ।
यसैगरी, प्राविधिक धारतर्फका नियमित परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७९ हुने ) ले प्राविधिक धारतर्फको नयाँ पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनु पर्ने तथा सो बाहेक अन्य ग्रेडवृद्धि/आंशिक परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७२, ७३, ७४, ७५, ७६, ७७ र ७८ हुने) ले पुरानो पाठ्यक्रम अनुसार परीक्षा दिनु पर्ने बोर्डले जनाएको छ ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया