आन्दोलनमा जाने शिक्षकलाई महानगरले कारवाही गर्ने
काठमाडौं । आन्दोलनमा जाने शिक्षकलाई काठमाडौं महानगरपालिकाले कारवाही गर्ने भएको छ । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकलाई महानगरले कारवाही गर्ने भएको हो ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको हो ।
महानगरपालिकाका प्रवक्ता नवीन महर्जन विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेपनि विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य नहुने बताउँछन् । ‘ऐनमा रहेका फरक मत हामी पनि राख्छौं,’ उनले भने, ‘तर, विद्यालय बन्द गरेर निकास निस्किँदैन, बालबालिकाको पढाइ मात्रै प्रभावित हुन्छ ।’
विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारवाही गर्ने महानगरको निर्णय छ । शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारवाही गरिने उनले बताए ।
महानगरले भोलि विद्यालय अनुगमन गर्ने उनले जानकारी दिए । विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाएमा दोषीेहरुमाथि कारवाही गर्ने महानगरले चेतावनी दिएको छ ।
ताजा अपडेट
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया