युनिभर्सल मेडिकल कलेजकी प्रिन्सिपल प्रा.डा. पाठक पदमुक्त, विद्यार्थीको आन्दोलन फिर्ता

काठमाडाैं । युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएको छ । पाठकलाई पदमुक्त गर्ने सहमतिसँगै एकमहिना यता जारी विद्यार्थीको आन्दोलनसमेत फिर्ता भएको छ ।
गत असोज २२ गतेबाट सुरु भएको आन्दोलनका कारण पढाई तथा अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो । ड्रेस कोडमा असहमति जनाउँदै सुरु भएको आन्दोलन प्रिन्सिपलको राजीनामासम्म पुगेको हो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पिएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुरु हुने जानकारी गराएका छन् ।
आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह–प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए ।
विद्यार्थीहरुले प्रिन्सिपल पाठकलाई पाँच दिनसम्म बन्धकसमेत बनाएका थिए । पछि प्रशासनले प्रिन्सिपल पाठकलाई उद्धार गरेको थियो । प्रिन्सिपल पाठकले भने राजीनामा नदिने अडान लिंदै आएकी थिइन् । जसले गर्दा आन्दोलन एक महिनासम्म लम्बिएको थियो ।
नयाँ ड्रेस कोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने मागमा स्थानीय प्रशासनको अगुवाइमा असोज २७ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा ड्रेस कोडको निर्णय हाललाई स्थगन गर्ने लिखित सम्झौता भएको थियो । तर, विद्यार्थीहरुले प्रिन्सिपलको राजीनामालाई बटमलाइन बनाएर आन्दोलन जारी राखेका थिए ।
विद्यार्थीहरु प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाइएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनमा थिए ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया