नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ ।
शाखाले सार्वजनिक गरेको विवरण अनुसार माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका छन् ।
शाखाले प्राप्त गरेको २०८० वैशाखदेखि २०८० चैत मसान्तसम्म रिक्त भएको वा हुने मावि, निमावि र प्रावि तहको विवरण शिक्षा विकास तथा समन्वय इकाइलाई रिक्त विवरण एकिन गर्न अनुरोध गरेको छ ।
शाखाले बुधबार सूचना जारी गर्दै भनेको छ ‘शिक्षक सेवा आयोग मार्फत विज्ञापनको लागि प्राप्त भएको विवरण संशोधन गर्नुपर्ने भए कारण सहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पठाइदिन अनुरोध छ ।’
साथै, रिक्त शिक्षक विवरण पठाउन बाँकी रहेका जिल्लाहरुलाई पनि आगामी बुधबारभित्र पठाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र संशोधित विवरण नआए सोही विवरण विज्ञापनको लागि शिक्षक सेवा आयोग पठाउने समेत शाखाले जनाएको छ ।
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया