जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
काठमाडौं । भनिन्छ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको समग्र व्यवस्थापकीय काम गर्ने हो । शिक्षकले जस्तो कक्षाकोठामा गएर नियमित विद्यार्थी पढाउने होइन ।
तर, केही यस्ता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि जो आफैं कक्षाकोठामा गएर अध्यापन गराउँछन् । उनी हुन्– मोरङ्गको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द भण्डारी ।
जसले विद्यार्थीहरुलाई अध्यापन गराउन थालेका छन् । विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भुपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीहरुको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म भण्डारी आफैंले अध्यापन गर्न थालेका हुन् । अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व प्रधानध्यापक समेत हुन् ।
लामो समय सोही विद्यालयमा अध्यापन गराएका उनी सेवानिवृत्त भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका थिए । आज उनी फेरि दोहोरो भूमिकामा कक्षाकोठामा प्रवेश गरेका छन् ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया