त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त, यस्तो छ उनको पृष्ठभूमी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । बिहिबार त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
पहिलो नम्बरका बुढाथोकीलाई छोडेर प्रधानमन्त्री दाहालले बराललाई नियुक्त गरेका हुन् ।
को हुन् नवनियुक्त उपकुलपति प्रा. डा. बराल ?
बराल २०१४ सालमा पाल्पामा जन्मिएका हुन् । २०३९ देखि महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बरालसँग पोखरा विश्वविद्यालयको उपकुलपति रहेर काम गरेको अनुभव छ ।
त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आएका उनी २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए ।
२०५५ सालमा भारतको दिल्ली युनिभर्सिटीबाट विद्यावारिधी (पीएचडी) गरेका उनले विश्व बैंकको हायर एजुकेसन नामक प्रोजेक्टमा कन्सल्टेन्टका रुपमा का गर्ने मौका पाएका थिए । यसैगरी, एसियन डेभलपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएरसमेत काम गरेको अनुभव उनीसँग छ ।
२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड सदस्यसमेत रहेका बरालसँग त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गरेको अनुभव छ । केही समय अमेरिका र चीनमा समेत अध्यापन पेसामा सक्रिय रहेका प्रा.डा. बराल २०७७ सालमा त्रिविबाट सेवानिवृत्त भएका थिए । तर, त्रिविको व्यवस्थापन संकायको पीएचडीका विद्यार्थीलाई अध्यापन गर्दै आइरहेका छन् ।
ताजा अपडेट
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया