नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र छाप्ने त्रिविको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको छ । त्रिविले नेपाली माध्यमबाट पढाउने तर प्रश्नपत्र भने अंगेजी माध्यमबाट दिँदै आएपछि चौतर्फी आलोचना हुँदै आएको थियो ।
सडकदेखि संसदहुँदै अदालतसम्म त्रिविले बनाउने प्रश्नपत्रको भाषा माध्यमलाई लिएर आलोचना भएपछि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषा छाप्ने तयारी गरेको छ ।
त्रिविले आगामी शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको हो । यसअघि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र अंग्रेजीमा मात्र निकाल्ने गरेको थियो । अंग्रेजीमा प्रश्न हुँदा परीक्षामा विद्यार्थी अन्योल हुने गरेको व्यापक गुनासोपछि तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिविलाई स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा बनाउन निर्देशन दिएका थिए ।
स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्रलाई दिएर संसददेखि अदालतसम्म गुनासो पुगिसकेको छ । रास्वपाका सांसद सुमना श्रेष्ठले ५ असारमा बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा तत्काल नेपालीमा पनि प्रश्नपत्र छाप्ने व्यवस्था गर्न माग राखेकी थिइन् । यससँगै नेपालीमा प्रश्नपत्र छाप्ने माग संसदमा मात्रै होइन, सर्वोच्च अदालतमै रिट दायर भएको छ ।
अहिले अंग्रेजी माध्यममा मात्रै प्रश्नपत्र छापिँदै आएकोविरुद्ध २०७४ सालमै सर्वोच्च अदालतमा रिट परेको थियो । अधिवक्ता विश्वास पौडेलले नेपाली र अंग्रेजी दुवै माध्यममा प्रश्नपत्र निर्माण गर्न माग गर्दै रिट दायर गरेका थिए । तर, हालसम्म अदालतबाट मुद्दाको सुनुवाइ भएको छैन ।
स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा छापिनुपर्ने भन्दै पछिल्लो समय चर्को विरोध हुँदै आइरहेको भएपनि यस विषयमा कुनै ठोस निर्णय आइसकेको छैन ।
प्रश्नपत्र अंग्रेजीसँगै नेपालीमा पनि छाप्न बारम्बार माग उठे पनि सरकारले यसप्रति कुनै चासो नदेखाउँदा संविधानमा उल्लेख भएको व्यवस्थाबाटै विद्यार्थी वञ्चित हुनु परेको आरोप पनि बेला–बखत लाग्दै आएको थियो ।
ताजा अपडेट
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
- बोर्डको बैठक बोलाइयो, एसईईको नतिजा प्रकाशनबारे निर्णय लिने
- कहिले आउला एसईईको नतिजा ? यस्तो छ बोर्डको तयारी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
तपाईको प्रतिक्रिया