सेन्ट लरेन्स कलेजद्वारा कक्षा ११का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडाैं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजले कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण एवम् काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहकाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक एवम् मनोरञ्जनात्मक कला प्रस्तुत गरेका थिए ।
२७ वर्षको उकालीमा लागेको सेन्ट लरेन्स लामो समयदेखि देशभरकै उत्कृष्ट माविको सूचिमा पर्दै आएको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा जोड, कुशल व्यवस्थापनका कारण सेन्ट लरेन्स वर्षेनी सयौँ विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।
कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले अतिथि र नवआगन्तुक विद्यार्थीलाई मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै सुवेदीले एसईई उत्तिर्ण गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई बधाई दिँदै उच्च शिक्षाको सफलताको कामना गरे । ‘अबको दुईवर्ष तपाईंहरु हामीसँगै हुनुहुनेछ,’ उनले भने, ‘तपाईंहरुको एकेडेमिक र अतिरिक्त क्रियाकलापमा हामी सँगसँगै हुनेछौँ ।’
यसैगरी, सेन्ट लरेन्स कलेजमा अध्ययन गरेपश्चात उच्च शिक्षाका लागि जाँदै गर्दा दुई वर्षको बसाई उपलब्धिमुलक हुने आशा लिएको विश्वाससमेत व्यक्त गरे । त्यस्तै, कक्षा १२ कि छात्रा सिर्जना ज्योतिले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्र्दै सेन्ट लरेन्समा भर्ना पाएको खुशी हुन सुझाइन् । उनले भनिन्, ‘गत वर्ष एसईई उत्तिर्ण गरेपछि म पनि कता कता उत्साहित, निराश, दोधार सबै थिएँ । तर, मभित्र सपना र इच्छाशक्ति पनि त्यत्तिकै थियो । जब म सेन्ट लरेन्समा भर्ना भएँ त्यसपछि म कहिल्यै निराश हुनुपरेन ।’
उनी अघि भन्दै थिइन्, ‘सेन्ट लरेन्सले मैले सोचेभन्दा धेरै राम्रो शिक्षा दिएको छ । यहाँको एकेडेमिक अनि एक्स्ट्रा करिकुलम एक्टिभिटिज अनि पारिवारिक वातावरणले मलाई सधैं प्रफुल्लित बनाइरहेको छ ।’
त्यस्तै, कक्षा ११ मा भर्ना भएकी सुर्जना श्रेष्ठले अभिमुखिकरण तथा परामर्श कार्यक्रम राखेकोमा कलेजलाई धन्यवाद दिइन् । सुर्जना एसईईमा ४ जीपिए प्राप्त गरेकी छात्रा हुन् । उनी विज्ञान संकाय अध्ययनका लागि सेन्ट लरेन्स भर्ना भएकी हुन् ।
त्यस्तै, कानुन संकायमा अध्ययनका लागि भर्ना भएकी गंगा पुरीले पनि कलेजलाई धन्यवाद दिँदै आफ्नो भविष्यमा ‘क्रिमिनल लयर’ बन्ने लक्ष्य रहेको सुनाइन् । शारीरिक रुपमा फरक क्षमताकी पुरीले १० वर्षकै उमेरमा क्यान्सरका कारण देब्रे खुट्टा गुमाउनु परेको थियो ।
कार्यक्रममा बोल्दै उनले शारीरिक असक्षमता कुनै रोग नभएर अवस्था भएकोसमेत व्यक्त गरिन् । ‘हाम्रो समाजले शारीरिक रुपमा असक्षम मानिसहरुलाई हेर्ने दृष्टिकोण नै फरक छ,’ उनले भनिन्, ‘त्यो उनीहरुको मानसिक असक्षमताको पराकाष्टा हो, त्यसैले अब म शारीरिक असक्षमताहरुका लागि उदाहरणीय पात्र बनेर देखाउनेछु ।’
कार्यक्रममा कक्षा १२ का कानून र मानविकी संकायका विद्यार्थीले नाटक प्रस्तुत गरेका थिए । चेलिबेटी बेचबिखन विषयक नाटकमा विद्यार्थीहरुको अब्बल प्रस्तुति रहेको थियो । त्यस्तै, सेन्ट लरेन्सका पूर्व विद्यार्थी एवम् टिकटकर निमेश थापाले पनि नृत्य प्रस्तुत गरेका थिए । यसैगरी, कार्यक्रमको मोटिभेस्नल एवम् काउन्सिलिङ सेसनमा मोटिभेटर रबिन कटुवालले झण्डै २ घण्टा प्रस्तुति दिएका थिए ।
त्यस्तै, सेन्ट लरेन्सका शिक्षक शिक्षिकाहरुको तर्फबाट एनके खड्काले मन्तव्यमार्फत कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेकी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा चाहिने र त्यसका लागि सेन्ट लरेन्सले योगदान गरिरहेको बताइन् । साथै, व्यावहारिक शिक्षाका बारेमा पनि बहस गर्नुपर्ने उनको जोड थियो ।
त्यस्तै, विशेष अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बिमलकुमार होडाले आफ्नो वडाभित्र सेन्ट लरेन्स उत्कृष्ट मावि रहेको र सधैं यो उत्कृष्टतालाई जोगाइराख्न शुभकामना दिए । ‘कामनपा वडा नम्बर ७ मा ५० वटा संस्थागत र ४ वटा सामुदायिक विद्यालय छन्,’ उनले भने, ‘जसमध्ये गुणस्तरीय शिक्षा प्रदान गर्ने मध्ये सेन्ट लरेन्स पनि पर्छ । त्यसैले मैले मेरो तर्फबाट गर्नुपर्ने सहयोग गर्न सधैँ तयार छु ।’
त्यस्तै, कार्यक्रममा कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अबको दुई वर्ष जीवनकै अविस्मरणीय हुने बताए । ‘तपाईंहरु थुप्रै वर्ष स्कुले जीवन पार गरेर शिक्षाको नयाँ यात्रा शुरु गर्नुभएको छ,’ उनले भने, ‘यो यात्रामा तपाईंहरुलाई साथ दिन सेन्ट लरेन्स कटिबद्ध भएर लाग्ने प्रण गर्दछु ।’
साथै, सेन्ट लरेन्सले आजका दिनसम्म पाएको सफलतामा विद्यार्थी, शिक्षक, अभिभावक, कलेज व्यवस्थापन सबैको हात रहेको बताए । ‘हामी देशभरकै उत्कृष्ट माविभित्र पर्दै आएका छौँ,’ उनले भने, ‘यो हामी सबैको साथले भएको हो ।’
त्यसैगरी, कलेजका एकेडेमिक इन्चार्ज नवराज भण्डारीले कलेजको आचारसंहितासहित वर्षभरी हुने शैक्षिक कार्यक्रमका बारेमा विद्यार्थीलाई अवगत गराएका थिए ।
कलेजका अध्यक्ष केशवप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा सयौँ विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष दंगालले सेन्ट लरेन्सलाई प्लस टु अध्ययनको उत्कृष्ट गन्तव्यका रुपमा छानेर भर्ना भएका सबैलाई धन्यवाद दिएका थिए ।
सेन्ट लरेन्सलाई विगतमा जस्तै यसवर्ष पनि पूर्व मेची देखि पश्चिम महाकालीसम्मका विद्यार्थीले आफ्नो आगामी शिक्षाको गन्तव्य बनाएको उनले बताए । त्यसैले यो दुई वर्षको अवधिमा विद्यार्थीले विविध भूभाग, संस्कृतिबाट आएका विद्यार्थीमा रहेको प्रतिभालाई अझै प्रस्फुटन गर्दै शैक्षिक गतिविधि अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे । ‘हामी कहाँ विभिन्न क्षेत्रबाट विविध प्रतिभा भएका विद्यार्थीहरु आउनुभएको छ,’ उनले भने, ‘हामी उहाँहरुको प्रतिभालाई उजागर गर्दै शैक्षिक यात्रामा सँगसँगै सहयात्रा गर्नेछौँ ।’ कार्यक्रम कलेजका नन साइन्स कोअर्डिनेटर मुकुन्द ढुंगानाले सञ्चालन गरेका थिए ।
ताजा अपडेट
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया