Techie IT
  • सोमबार, जेठ ७, २०८१ / Monday, May 20, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारसंघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा छ : प्रधानमन्त्री

समाचार

संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा छ : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका छन् । बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षासँगै अन्य केही ऐनहरु पनि निर्माणो अन्तिम चरणमा रहेको जानकारी दिए । ‘संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन अघि बढिसकेको छ,’ दाहालले भने, ‘संघीय शिक्षा ऐनजस्ता ऐनहरु निर्माण प्रक्रियाको अन्तिम चरणमा छन् ।’

लामो समयदेखि शिक्षा ऐन निर्माणको प्रक्रिया रहेपनि अझै जारी भएको छैन । जसका कारण शिक्षाका संघीय संरचनामा धेरै कामहरु अवरुद्ध बनेका छन् ।



तपाईको प्रतिक्रिया