अब त्रिविको उपकुलपति खुला प्रतिस्पर्धाबाट छनोट गरिने, मागियो आवेदन

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग गरेको छ ।उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्यता पुगेका उम्मेदवारहरूबाट दश दिनभित्र आवेदन माग गरेको हो ।
राजनीतिक भागबण्डा गरेर विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आवेदन मागेको हो ।
समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा ९२० बमोजिम गठन सिफारिस समितिबाट स्वीकृत त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० का आधारमा उम्मेदवार छनोट तथा सिफारिस गर्नेछ ।
समितिले आवेदन दिने उम्मेदवारहरूबाट तीन हजार शब्दको विश्वविद्यालय सम्बन्धी सोचपत्र र पाँच हजार शब्दको चार वर्षे व्यवसायिक कार्ययोजनासमेत माग गरेको छ । तत्कालिन उपकुलपतिको कार्यकाल सकिएपछि गएको १७ कात्तिकदेखि त्रिभुवन विश्वविद्यालय निमित्तको भरमा सञ्चालित छ ।
ताजा अपडेट
- नर्सिङ अध्ययन गर्न चाहनेलाई गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति दिने
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया