अब त्रिविको उपकुलपति खुला प्रतिस्पर्धाबाट छनोट गरिने, मागियो आवेदन
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग गरेको छ ।उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्यता पुगेका उम्मेदवारहरूबाट दश दिनभित्र आवेदन माग गरेको हो ।
राजनीतिक भागबण्डा गरेर विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आवेदन मागेको हो ।
समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा ९२० बमोजिम गठन सिफारिस समितिबाट स्वीकृत त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० का आधारमा उम्मेदवार छनोट तथा सिफारिस गर्नेछ ।
समितिले आवेदन दिने उम्मेदवारहरूबाट तीन हजार शब्दको विश्वविद्यालय सम्बन्धी सोचपत्र र पाँच हजार शब्दको चार वर्षे व्यवसायिक कार्ययोजनासमेत माग गरेको छ । तत्कालिन उपकुलपतिको कार्यकाल सकिएपछि गएको १७ कात्तिकदेखि त्रिभुवन विश्वविद्यालय निमित्तको भरमा सञ्चालित छ ।

ताजा अपडेट
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया